logo

पत्रकार महासंघको टोली बीरगंजमा ,पत्रकारहरुका समस्याका बारेमा छलफल

      4/29/2020 गते 00 00 मा प्रकाशित     1280   पटक पढिएको



बीरगंज १७ बैशाख ।


नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट बढी प्रभावित पर्सा जिल्लामा  नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको टोलीले स्थानीय पत्रकारसंग अन्तरक्रिया गरेको छ ।   

 

कोरोना भाइरस बाट संक्रमीत हुने संख्या धेरै भएको स्थानमा पर्ने बीरगंजमा जिल्लाका पत्रकारको अवस्था बुझ्न महासंघ महासचिव रमेश बिष्ट र प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझा बीरगंज आउनु भएको हो।

 

उहाँहरुले बुधवार बिहान नेपाल पत्रकार महासंघ प्रदेश २ का बीरगंजमा उपलक्ध पदाधिकारी बारा र पर्साका पत्रकार महासंघका अध्यक्ष पेशागत संगठनका अध्यक्षरु संग  बीरगंजको अवस्था र  पत्रकारका समस्याका बारेमा छलफल गर्नुभएको थियो ।

 


छलफलमा पत्रकारहरुले रिर्पोटिङ गर्न जादा आवश्यक पर्ने सुरक्षा सामग्री मास्क, ग्लोब्स, सेनिटाइजर, प्रहरीको चेकजाँच कडाई गरेकाले प्रेस ज्याकेटलगातका आधारभुत सामाग्रीहरु अभाव र त्यही अभावमा पनि पत्रकारले आफनो पेशागत दायित्व निर्वाह गरेको पत्रकारहरुले टोलीलाई अवगत गराएका थिए ।

 

पत्रकारहरु अगुवाहरुले नागरिकको सूचना पाउने अधिकारलाई सम्मान गर्दै त्यो अधिकार वहाल गराउन क्रियाहिल संचारजगत प्रति सरकारी दृष्टिकोण अनुदार रहेको भन्दे सरकारको आलोचना गरेका थिए ।


सोही क्रममा नेपाल पत्रकार महासंघ तथा प्रेस काउन्सिलको टोलीले बीरगंजको नारायणी अस्पताललाई १० थान पिपीई पूर्ण सेट र अन्य स्वाास्थ्य समाग्री उपलब्ध गराएको थियो । बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले ति समानहरु अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायलाई हस्तान्तरण गर्नु भएको थियो । 

 

साथै उक्त टोलीले पत्रकारहरुलाई मास्क र सेनिटाइजर पनि उपलब्ध गराएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.