logo

प्रदेशसभा सदस्य कौशल यादवको खुलासा, डा.यादव भट्टराईको घरमा नजरबन्दमा,अपरहण भएको होइन

      4/29/2020 गते 00 00 मा प्रकाशित     1008   पटक पढिएको

बीरगंज  १७ वैशाख । प्रदेश नं. २ का प्रदेशसभा सदस्य कौशल यादवले जनता समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईको घरमा नजरबन्दमा राखिएको खुलासा गर्नु भएको छ । 

 

 

डा. यादव र सर्वेन्द्र खानला पहिला देखीको साथीभाई अपहरण भयो भन्नु त सुरक्षा निकायको बदनाम गर्ने काम हो । यादवले डा.संग फोनमा कुरा हुदा गाडी पठाउन भनेको र आफूले गाडी पठाएको तर त्यसपछि डा.को मोवाइल स्वीच अफ आएको कौशल यादवले बताउनु भयो । उहाँले डा.यादवको अपहरण नभएको बताउनु भयो ।

 

यि कौशल यादव उनै हुन जो डा. यादवसंगै काठमाण्डै पुग्नु भएको थियो । डा.यादवका राजनीतिक सहयोगी प्रदेश २ का प्रदेश सभा सदस्य यादवले डा.सुरेन्द्र कुनै पनि हिसावले अपहरणमा नपरेको बताउनु भएको छ ।

 

उहाँले बरु डा.यादव बाबुराम भट्टराईको घरमा नजरबन्दमा रहेको दावी गर्नु भयो । डा.यादवलाई अपहरण गरि नजरबन्दमा राखिएको छ उहाँले भन्नु भयो “अव उहाँलाई अपहरण मुक्त गराएर डा.भट्टराई ,हिसिला यमी, बिश्वदीप र आङकाजी शेर्पालाई कारवाही गर्नु पर्ने जन अवाज उठन थालेको छ ।

 

भट्टराई , आङकाजी शेर्पा  लगायतको दवावमा अपहरण गरिएको भन्ने नाटकीय मुद्धा बनाएर तत्काल फण्डाको लागि बिश्वदिपको ट्वीट र बाबुरामको इज्जत राख्न र प्रधानमन्त्रीको बदनाम गर्ने र सांसदहरु महेश बस्नेत, किशान श्रेष्ठ र पूर्वआईजीपी सर्बेन्द्र खनाललाई प्रहार गरेर राजनैतिक लाभ लिन खोजेको देखिन्छ ।

 

डा.सुरेन्द्र यादवले प्राइम टिभीमा अन्तरवार्ताको क्रममा मेरियट होटलबाट बाबुरामको निर्देशनमा आङ्काजी आई आफुलाई त्यहाबाट लगेको बताएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.