logo

जसपाले गर्योे प्रदेश सभा प्रत्याशीको सिफारिश, अलोकतान्त्रिक भन्दै बिरोधमा उत्रिए नेताहरु

 इसीमाना सम्बाददाता     २०७९ भदौ १६ गते ०९: ४६ मा प्रकाशित     728   पटक पढिएको

जनता समाजवादी पार्टीको पर्सा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा (क) को प्रदेश समितिको बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेश सभाका सदस्य जन्नत अन्सारीको एकल नाम सिफारिश गरेको छ ।

 


प्रदेश भित्र पर्ने केन्द्रीय सदस्य,संघीय परिषदका सदस्य मधेश प्रदेशका पदाधिकारी तथा सदस्य जिल्ला सदस्यहरुको समेत बैठकमा सहभागिता गराई निर्णय गर्नु पर्नेमा त्यो नगरि अलोकतान्त्रिक तरिकाबाट एकल नाम सिफारिश गरिएको भन्दै पार्टीका नेताहरुले निर्णय प्रक्रियाको तिब्रा आलोचना गरेका छन ।

 

पार्टीका केन्द्रीय सदस्य युवा नेता फिरोज मन्सुर र मधेश प्रदेशका उपाध्यक्ष पूर्व शिक्षक नेता बृजमोहन तिवारीले संयुक्त बिज्ञप्ति जारी गरेर प्रदेश सभा समितिको नाममा गरिएको एकल सिफारिश तत्काल बदर गर्न माँग गरेका छन ।


प्रदेश सभामा कप्तिमा उम्मेदवार हुन चाहने पाँच जनाको नाम सिफारिश गर्नु पर्नेमा अलोकतान्त्रिक तरिकाबाट एकल नाम सिफारिश गरेर पार्टीको निर्णयको अवमूल्यन गरेको बिज्ञप्तिमा उल्लेख छ ।

 

राजनीतिक दलहरुमा एकल नामको सिफारिशमा बलियो भइन्छ भन्ने मनोबिज्ञानले काम गरेको देखिन्छ । तर बिभिन्न प्रपन्च रचेर उकल नाम सिफारिश गर्दा पार्टी भित्रको आन्तरिक लोकतन्त्र बिस्थापित निरंकुशता हावी भएको सिद्ध हुन्छ ।

 

यसले झन बढी समस्या ल्याउने भएकोले आफूहरुले निर्णयलाई प्रजातान्त्रिक र पारदर्शी बनाउन माँग गरेको मन्सुरले बताए ।

जनता समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर २ (ख) प्रदेश समितिले अगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ ५ जना उम्मेदवारको नाम माथिल्लो कमिटिलाई सिफारिस गरेको छ ।

 

प्रदेश समितिको बिहीबार बसेको बैठकले क्षेत्र नं. २ (ख) प्रत्यक्ष तर्फ कामेश पंडित, प्रेमबाबु प्रसाद पटेल, मुकेश कुमार द्धिवेदी, रुपेशमान सिंह श्रेष्ठ र संजिव कुमार यादवको नाम सिफारिस गरेको क्षेत्रीय समितिका संयोजक भिखर प्रसाद चौधरीले जानकारी दिएका छन् ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.