logo

वीरगंजका संचार माध्यमलाई बिज्ञापन दिन उपाध्यक्ष देवकोटाको माँग

 इसीमाना सम्वाददता     २०७९ असोज १२ गते ०८: ५३ मा प्रकाशित     564   पटक पढिएको

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले वीरगंजको संचारमाध्यमको रक्षा र प्रर्वद्धनकालागि उधोगी ब्यवसायीले ध्यान दिनु पर्ने बताएका छन ।

 


संगठनले बुधवार वीरगंजमा आयोजना गरेको बडा दशैं, दिपावाली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष देवकोटाले वीरगंज उधोग वाािण्ज्य संघको नेतृत्वलाई यस बिषयमा गम्भिर हुन आग्रह समेत गरे ।

 


उनले वीरगंजका उद्योगहरुको उत्पादनको बिज्ञापनका कारण काठमाडौंको र देशका अन्य भागका संचामाध्यम लाभान्वित भएको तर वीरगंजका संचारमाध्यमले त्यो अवसर नपाएको भन्दै गुनासो गरे ।

 

उनले वीरगंजका उधोगहरुको बिज्ञापन वीरगंजका संचारमाध्यमले नपाउनु न्यायपूर्ण नरहेको बताए । उनले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई पनि यस तर्फ भुमिका खेल्न आग्रह गरे ।

वीरगंजको मुर्लीस्थित वीरगंज सिटी प्यालेसमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष गोबिन्द देवकोटाले पत्रकारिता पेशा मर्यादित बनाउन समेत नेपाल पत्रकार महासंघले भुमिका खेल्नु पर्ने वताए ।

प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य पशमिना कादरी खातुन, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सदस्य के.सी.लामिछाने ,पर्साका साहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल ,वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता, उपाध्यक्ष अनिल पाटवारी, माधव राजपाल, नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बंजारा, पर्सा अध्यक्ष अनुप तिवासी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.