logo

वीरगंजका संचार माध्यमलाई बिज्ञापन दिन उपाध्यक्ष देवकोटाको माँग

 इसीमाना सम्वाददता     २०७९ असोज १२ गते ०८: ५३ मा प्रकाशित     680   पटक पढिएको

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले वीरगंजको संचारमाध्यमको रक्षा र प्रर्वद्धनकालागि उधोगी ब्यवसायीले ध्यान दिनु पर्ने बताएका छन ।

 


संगठनले बुधवार वीरगंजमा आयोजना गरेको बडा दशैं, दिपावाली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष देवकोटाले वीरगंज उधोग वाािण्ज्य संघको नेतृत्वलाई यस बिषयमा गम्भिर हुन आग्रह समेत गरे ।

 


उनले वीरगंजका उद्योगहरुको उत्पादनको बिज्ञापनका कारण काठमाडौंको र देशका अन्य भागका संचामाध्यम लाभान्वित भएको तर वीरगंजका संचारमाध्यमले त्यो अवसर नपाएको भन्दै गुनासो गरे ।

 

उनले वीरगंजका उधोगहरुको बिज्ञापन वीरगंजका संचारमाध्यमले नपाउनु न्यायपूर्ण नरहेको बताए । उनले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई पनि यस तर्फ भुमिका खेल्न आग्रह गरे ।

वीरगंजको मुर्लीस्थित वीरगंज सिटी प्यालेसमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष गोबिन्द देवकोटाले पत्रकारिता पेशा मर्यादित बनाउन समेत नेपाल पत्रकार महासंघले भुमिका खेल्नु पर्ने वताए ।

प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य पशमिना कादरी खातुन, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सदस्य के.सी.लामिछाने ,पर्साका साहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल ,वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता, उपाध्यक्ष अनिल पाटवारी, माधव राजपाल, नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बंजारा, पर्सा अध्यक्ष अनुप तिवासी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.