पर्साको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेको तर्फबाट संघमा संबिधान सभा सदस्य राजकुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन ।
क्षेत्र नं ३ को प्रदेश सभा “क” मा निर्वतमान प्रदेश सभा सदस्य अब्दुर रहमान आन्सारी ( मन्जुरी अन्सराी) ले उम्मेदवारी गराएका छन ।
यस अघी उनी संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । पछिल्लो समय जनता समाजवादी पार्टीमा रहेका मन्सुर केही दिन अघि जनकपुरमा आयोजित नेकपा एमालेको सभामा पार्टीका अध्यक्ष के.पी.ओली बाट टिका ग्रहण गरि नेकपा एमालेमा प्रवेश गरेका थिए ।
त्यस्तै प्रदेश सभाको “ख” मा निलम्वित संघीय सासद हरिनारायण रौनीयारको छोरी डा. मधु गुप्ताको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता पछि संक्षीप्त प्रतिवद्धता ब्यक्त गर्दै संघीय सांसद पदका उम्मेदवार राजकुमार गुप्ताले आफू जनसेवामा सदैव समर्पित रहने बताए ।
उनले बिकास र समृद्धिको सपनालाई साकार गर्दकालागि आफूले भूमिका निर्वाह गर्ने बताए । नेपालको चौतर्फी बिकासको नेतृत्व लिन सक्ने भिजन र मिशन एमालेको नेतृत्वसंग रहेको बताउदै नकेपा एमालले जनतालाई निराश नवनाउने बताए ।
पर्सा क्षेत्र नं ३ को बिकास र प्रगतीको मार्गचित्र एमालेसंग रहेको बताउदै त्यसलाई पुरा गर्न नेकपा एमालेलाई जिताउन आम समुदायलाई अपिल गरे ।
त्यस अवसरमा हरिनारायण रौनीयार वीरगंज महानगरपालिकाका निर्वतमान प्रमुख बिजय कुमार सरावगी, एमाले नेता शिव पटेल ,फरमान अन्सारी लगायतले आफनो बिचार ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया