logo

माओवादी केन्द्रका चितवन सह इन्चार्ज र प्रेस सेन्टरका सचिव एमाले प्रवेश

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक ९ गते ०७: ३४ मा प्रकाशित     506   पटक पढिएको

नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी अमर एमाले प्रवेश गरेका छन् ।

 

एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जिल्ला सहइन्चार्ज रेग्मीसहित माओवादी केन्द्र निकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल एमाले प्रवेश गरेको एमाले बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिए

। यसअघि, माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियार भदौं ३१ गते एमाले प्रवेश गरेका थिए ।

 

परियार र रेग्मीको प्रवेशसँगै माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज र सहइन्चार्ज विहिन भएको छ । एमाले प्रवेश गरेका रेग्मी माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सचिवालय सदस्यसमेत हुन् । उनीसँगै प्रवेश गरेका पोखरेल पनि बागमती प्रदेश कमिटीका सदस्य हुन् ।

 

रेग्मी यसअघि माओवादी केन्द्र चितवनका पटकपटक जिल्ला सचिव, काठमाडौ र ललितपुरको समेत पार्टी सचिव भएर काम गरेका थिए ।

 

एमाले प्रवेश गरेका जिल्ला सहइन्चार्ज रेग्मीले माओवादी केन्द्र दाहाल एण्ड कम्पनीको रूपमा विकास भएकोले त्यहाँ बस्दा नेपाली कम्युनिस्ट आन्दोलनलाई थप क्षति र वर्वादी गर्ने भएकोले कम्युनिस्ट आन्दोलनको मूल धार एमालेमा प्रवेश गरेको बताए।

पार्टीलाई सहि बाटोमा ल्याउन पार्टी भित्र अन्तसंघर्ष गरेपनि प्रचण्डले जे भन्छन् त्यहीँ नियम र कानुन बन्ने गरेको भन्दै ब्यक्तिवाद हावी भएको नेता रेग्मीले बताए ।

पछिल्लो समयमा माओवादी केन्द्र कांग्रेससँग आत्मसर्मपण गर्न पुगेको भन्दै कांग्रेसले छुट्टाएको भाग खाने ठाउँमा माओवादी गएको बताए । कांग्रेसलाई ठूलो पार्टी बनाउन हिड्ने कदापि कम्युनिस्ट हुन नसक्ने ठहरसहित एमालेमा समाहित भएको बताए ।

 

उनले कम्युनिस्टहरू एमालेमा केन्द्रीकृत हुन आवश्यक भएको बताउँदै अरू पनि नेता कार्यकर्ता एमालेमा आउन आतु रहेको बताए ।

 

माओवादीको केन्द्रीय महाधिवेशनबाट एमसीसी पास नगराउने निर्णय सर्वसम्मतिले भए पनि प्रचण्ड एक्लैले त्यसलाई लत्याएको घटनाले माओवादी थप उदांगो भएको नेता रेग्मीले बताए । रेग्मीसहितका नेता प्रवेश गर्ने कार्यक्रम हालै मात्रै माओवादीबाट एमाले प्रवेश गरेका केन्द्रीय सदस्य यमबहादुर परियारको समेत उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.