logo

युवाहरुकोवीचमा द्विवेदी , सामना गरे युवाहरुको तिखा र चोटिला सवाल

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक ९ गते ०८: १० मा प्रकाशित     641   पटक पढिएको

पर्साको क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले नेपाली राजनीतिमा बैचारिक बिचलन आएको बताए ।

वीरगंजका युवाहरुको साक्षत्कारमा सहभागि द्विवेदीले युवाहरुलाई साक्षी राखेर अहिलेको राजनीतिको मुख्य उद्धेश्य सत्ता र शक्ति प्राप्तकोलागि केन्द्रीत रहेको प्रष्टयाउन कोशीस गरे ।


नेपाली जनतालाई गठबन्धको बन्धक बनाउने प्रयास भइरहेको अहिलेको यो अवस्थामा विचार र सिद्धान्तको राजनीतिले जितोस भन्नकालागि आफूले उम्मेदवारी दिएको बताए ।

 

सत्ताका स्वार्थी खेलाडीमो चंगुलमा फसेको लोकतन्त्रलाई जनताको लोकतन्त्र बनाउनकालगि आजको युवाहरुले महत्वपूर्ण निर्णय लिनु पर्ने उनले सुझाए ।


द्विवेदीले युवाका तिखा र चोटिला प्रश्नको सामना गरे । तर संयमता र शालिनता पूर्वक युवाहरुको अपेक्षालाई समबोधन गर्ने प्रयास गरे ।

 

युवाहरुसंग खुलेर सैद्धान्ति तथा बैचारिक बिमर्श गरे । उनले भने प्रतिनिधि सभाको सदस्यले मुलुकको हित र अग्रगतीकालागि आवश्यक नीति र कानून बनाउने हो तर यहा त धारा गाड्ने र अन्य बिकासका कामको आवश्वासन दिनु पर्ने काम गर्नु पर्ने अवस्था रहेको बताए ।


३ दशक भन्दा बढी पार्टीको राजनीतिक गर्नु भयो अहिले टिकट नपाएपछि स्वतन्त्र भएर आउनु भयो यो त टिकट नपाएपछिको झोक होइन र ? भन्ने चोटिलो प्रश्नको उनले समाना गरे ।

उनले गठबन्धनको आफूले विरोध गर्दै आएको बताए । गठबन्धनले जनताको लोकतन्त्रलाई माइन्स गरेकोले मैले बिरोध गरेको हु र त्यसको निरन्तता नै स्वतन्त्र उम्मेदवारी भएको प्रष्ट पारे ।


उनले बिकास निर्माणका अनेकौ उदाहरण अनुभव सुनाए । वीरगंजको बिकासमा एडीवीको परियोजनाले भोग्नु परेको सास्ती आफूले खेलेको भूमिकाको बारेमा युवालाई जानकारी गराए ।


मलाई राजनीति गर्ने चाहना छ तपाईले मलाई कुन पार्टीमा जाने सल्लाह दिनुहुन्छ भनेर एक युवाले सोधेको प्रश्नमा उनले सिद्धान्त र बिचार जुन पार्टीको मन पर्छ त्यहीमा जानु उचित हुने उनले सुझाव दिए ।


कोरोनाकालमा जनप्रतिनिधिको भूमिका कस्तो भयो ? बिपतको ब्यवस्थापन भएन । कसले बढी पेसबुकमा फोटो हाल्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो तर सबैलाई समन्वय गर्नेकाममा मैले र दलका साथहिरुले भूमिका खेलेको स्मरण गरे ।

अनुभवले पाका नेता
द्विवेदीले युवाहरुलाई प्रभावकारी रुपमा सम्बोधन गरे । कार्यक्रमको संचालन आकाश चौहानले गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.