logo

युवाहरुकोवीचमा द्विवेदी , सामना गरे युवाहरुको तिखा र चोटिला सवाल

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक ९ गते ०८: १० मा प्रकाशित     815   पटक पढिएको

पर्साको क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले नेपाली राजनीतिमा बैचारिक बिचलन आएको बताए ।

वीरगंजका युवाहरुको साक्षत्कारमा सहभागि द्विवेदीले युवाहरुलाई साक्षी राखेर अहिलेको राजनीतिको मुख्य उद्धेश्य सत्ता र शक्ति प्राप्तकोलागि केन्द्रीत रहेको प्रष्टयाउन कोशीस गरे ।


नेपाली जनतालाई गठबन्धको बन्धक बनाउने प्रयास भइरहेको अहिलेको यो अवस्थामा विचार र सिद्धान्तको राजनीतिले जितोस भन्नकालागि आफूले उम्मेदवारी दिएको बताए ।

 

सत्ताका स्वार्थी खेलाडीमो चंगुलमा फसेको लोकतन्त्रलाई जनताको लोकतन्त्र बनाउनकालगि आजको युवाहरुले महत्वपूर्ण निर्णय लिनु पर्ने उनले सुझाए ।


द्विवेदीले युवाका तिखा र चोटिला प्रश्नको सामना गरे । तर संयमता र शालिनता पूर्वक युवाहरुको अपेक्षालाई समबोधन गर्ने प्रयास गरे ।

 

युवाहरुसंग खुलेर सैद्धान्ति तथा बैचारिक बिमर्श गरे । उनले भने प्रतिनिधि सभाको सदस्यले मुलुकको हित र अग्रगतीकालागि आवश्यक नीति र कानून बनाउने हो तर यहा त धारा गाड्ने र अन्य बिकासका कामको आवश्वासन दिनु पर्ने काम गर्नु पर्ने अवस्था रहेको बताए ।


३ दशक भन्दा बढी पार्टीको राजनीतिक गर्नु भयो अहिले टिकट नपाएपछि स्वतन्त्र भएर आउनु भयो यो त टिकट नपाएपछिको झोक होइन र ? भन्ने चोटिलो प्रश्नको उनले समाना गरे ।

उनले गठबन्धनको आफूले विरोध गर्दै आएको बताए । गठबन्धनले जनताको लोकतन्त्रलाई माइन्स गरेकोले मैले बिरोध गरेको हु र त्यसको निरन्तता नै स्वतन्त्र उम्मेदवारी भएको प्रष्ट पारे ।


उनले बिकास निर्माणका अनेकौ उदाहरण अनुभव सुनाए । वीरगंजको बिकासमा एडीवीको परियोजनाले भोग्नु परेको सास्ती आफूले खेलेको भूमिकाको बारेमा युवालाई जानकारी गराए ।


मलाई राजनीति गर्ने चाहना छ तपाईले मलाई कुन पार्टीमा जाने सल्लाह दिनुहुन्छ भनेर एक युवाले सोधेको प्रश्नमा उनले सिद्धान्त र बिचार जुन पार्टीको मन पर्छ त्यहीमा जानु उचित हुने उनले सुझाव दिए ।


कोरोनाकालमा जनप्रतिनिधिको भूमिका कस्तो भयो ? बिपतको ब्यवस्थापन भएन । कसले बढी पेसबुकमा फोटो हाल्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो तर सबैलाई समन्वय गर्नेकाममा मैले र दलका साथहिरुले भूमिका खेलेको स्मरण गरे ।

अनुभवले पाका नेता
द्विवेदीले युवाहरुलाई प्रभावकारी रुपमा सम्बोधन गरे । कार्यक्रमको संचालन आकाश चौहानले गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.