logo

निर्वाचनको संघारमा पर्सा एमालेमा भूँइचालो, ५ सय ४२ नेता कार्यकताले पार्टी छोडे

 इसीमाना सम्वाददता     २०७९ कार्तिक १२ गते ०८: ३७ मा प्रकाशित     857   पटक पढिएको

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले पर्सामा भूँचालो गएको छ । नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटि सदस्य सहित ५४२ जना नेता कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

पछिल्लो पटक जनता समाजवादी पार्टी ९जसपा०सँग अपवित्र गठबन्धन गरेको भन्दै नेकपा एमाले पर्साका ५४२ जना एमाले नेता कार्यकर्ताहरुले पार्टीबाट राजिनामा दिएको घोषणा गरेका हुन् । एमालेबाट असन्तुष्ट नेता कार्यकर्ताहरुको आज बसेको बैठकले एमालेमा नरहने घोषणा गर्दै राजिनामा दिएका हुन् ।

नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य मोहम्मद कदम रसुल, प्रदेश कमिटि सदस्य एवं स्वतन्त्र उम्मेदवार जिताउ अभियान पर्साका संयोजक बाबुराम कौशिक, प्रदेश कमिटि सदस्य एवं संविधानसभा सदस्य इस्लाम हवारी, फूलझरीदेवी, प्रदेश कमिटि सदस्य योगेन्द्र साह कानु, जिल्ला कमिटि सदस्य एवं पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार संतोष श्रेष्ठ, शम्भु पाल, विजय गुप्ता, संजीव गुप्ता, विश्वराज पटेल, विकास पटेल लगायत ५४२ जनाले नेकपा एमालेबाट राजिनामा दिएका छन् ।

देशको विद्यमान परिस्थितिलाई छलफल र अध्ययन गर्दा नेपाली जनाको गौरवपूर्ण त्याग, संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र राजनीतिक नेताहरुका गलत गतिविधिर अपवित्र जसपासँगको गठबन्धनले गर्दा दूषित भएको र सिंगो देश नै अस्थिरताको भुमरीमा पस्दै गएकोले एमाले पार्टी परित्याग गरेको एमाले प्रदेश कमिटि सदस्य एवं स्वतन्त्र उम्मेदवार जिताऔं अभियान पर्साका संयोजक बाबुराम कौशिकले जानकारी दिनुभयो ।

नेकपा एमाले जनहित तथा जनउत्तरदायी नभई जनभावना र पार्टी मूल मर्म विपरित गएको र जसपासँगको अपवित्र गठबन्धनका कारण बाध्य भएर एमाले छोड्नु परेको नेताहरुले बताएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.