logo

म एमालेमै फर्किन्छु –गंगा थारु

 इसीमाना सम्वाददाता     २०७९ माघ ७ गते ०८: १९ मा प्रकाशित     308   पटक पढिएको

धनगढी । नेकपा एमालेले कारबाही गरेकी केन्द्रीय सदस्य गंगा थारुले आफूले पार्टी त्याग नगरेको दाबी गरेकी छन्। शनिबार प्रेस चौतारी नेपाल कैलालीको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।



उनले आफूलाई नेकपा एमालेले केन्द्रीय कमिटीबाट कारबाही गरेर निकालेको बताउँदै आफूले पार्टी नछाडेको दाबी गरिन्।



उनले भनिन्, 'मलाई एमालेले केन्द्रीय कमिटीबाट हटाएको छ। तर, म एमाले पार्टीमै छु। टाढा गएकी छैन। अहिले पनि पार्टीका अध्यक्ष केपीशर्मा ओलीसंग कुरा भैरहेको छ। म एमालेमै फर्किन्छु।'



यस्तै एमालेमा आफू ८ कक्षामा पढ्दादेखि एमालेमा लागेको र अब फेरि एमालेमै सक्रिय बन्ने उनको भनाइ छ। यसअघि प्रतिनिधि सभा निर्वाचनका बेला उनी एमाले त्यागेको भन्दै स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेकी थिइन्। तर निर्वाचित हुन सकिनन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.