logo

पर्साका प्रदेश सभा सदस्य जयसवाल र महोत्तरीका साह जसपा प्रवेश

 इसीमाना सम्बाददाता     २०७९ माघ ८ गते ०३: ५१ मा प्रकाशित     510   पटक पढिएको

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को “क”बाट निर्वाचित प्रदेश सभा सदस्य प्रमोद जयसवाल जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।

 

उनी संगै महोतरी ज़िल्ला क्षेत्र नः२ को ख बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह पनि जसपामा प्रवेश गरेकी छिन ।

 

उनीहरु दुवैलाई पार्टी अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमंत्री सरोज यादवले अविर टिका र खादा लगाई पार्टीमा प्रवेश गराएका थिए । प्रदेश सभाका दुई सदस्यको पार्टी प्रवेश संगै मधेश प्रदेश सभामा जनता समाजवादी पार्टीका १८ जना प्रदेश सभा सदस्य भएका छन ।

 

जयसवाल पर्सा क्षेत्र नम्बर ३ को (क) को प्रदेशसभा सदस्यमा काउली चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

जयसवाल ७ हजार ३ सय ८१ मत सहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमाले–जसपा गठबनधनबाट एमालेका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५ हजार ९ सय ३० मत पाएका थिए ।


साह भने महोत्तरी क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार सुरिता साह निर्वाचित भएकी हुन।

 

साहले तत्कालीन सत्तारूढ गठबन्धनका उम्मेदवार तथा कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवलाई १ हजार ७ सय ६६ मतान्तरले हराउँदै निर्वाचित भएकी थिइन। उनी लोसपाबाट टिकट नपाए पछि उनी स्वतन्त्रबाट उम्मेदवार भएकी थिइन । साहले ८ हजार ५ सय ६८ मत पाएर जीत निकालेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.