logo

करणीको अभियोग लागेका निजगढ नगरपालिका– २ का वडाध्यक्ष कारागार चलान

 इसीमाना सम्वाददाता     २०७९ माघ १२ गते ०८: ०६ मा प्रकाशित     452   पटक पढिएको

वीरगंज जबर्जस्ती करणीको अभियोग लागेका बाराको निजगढ नगरपालिका(२ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतले आदेश दिएको छ।

अदालतले जबर्जस्ती करणीको अभियोगमा श्रेष्ठलाई थुनामा पठाउने आदेश दिएसँगै उनी स्वतः निलम्बनमा परेका छन्।

अदालतले मंगलबार मुद्दाको सुनुवाइ गर्दै वडाध्यक्ष श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो। जिल्ला अदालतकी न्यायधिश तारादेबी महर्जनले मुद्दाको सुनुवाइ गर्दै अभियुक्त श्रेष्ठलाई पुर्पक्षको लागि थुनुवामा पठाउने आदेश दिएकी हुन्।

थुनामा पठाउने अदालतको आदेश अनुसार वडाध्यक्ष श्रेष्ठलाई बीरगञ्ज कारागार कार्यालयमा पठाइएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।

असोज १९ गते वडाध्यक्ष श्रेष्ठले वडा – २ कै १४ बर्षिय नाबालिकालाई आफनै घरमा बोलाएर जबर्जस्ती करणी गरेको आरोपमा नाबालिकाका अभिभावकले असोज २५ गते इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी दिएका थिए।

उजुरी परेपछि श्रेष्ठ फरार थिए । तर,उनी गएको पुस १७ गते राति आफै ईलाका प्रहरी कार्यालय निजगढमा आत्मसमर्पण गरेका थिए ।गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसबाट श्रेष्ठ वडाध्यक्षमा निर्बाचित भएका थिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.