logo

पौडेल शाहीको स्मरणमा वीरगंजमा श्रद्धान्जली सभा, पौडेलको अभाव खडकिने वक्ताहरुको भनाई

 इसीमाना सम्बाददाता      २०७९ माघ १३ गते ०२: ४४ मा प्रकाशित     358   पटक पढिएको

प्रेस सेन्टर नेपाल पर्साले संगठनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभूवन पौडेल र संचार उद्यमी अनील शाहीको स्मरणमा वीरगंजमा श्रद्धान्जली सभा सम्पन्न गरेको छ । पौडेल र शाहीको माघ १ गते यती एयरलायन्सको पोखरामा भएको बिममान दुर्घटनामा परि मृत्यु भएको थियो ।


प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका उपाध्यक्ष गोविन्द देवकोटाले स्व. पौडेलका बारेमा प्रकाश पारेका थिए । सानो समयमा आफनो क्षेत्रमा नेतृत्वदायी स्थानमा पुग्न सफल पौडेलमा अदभूत क्षमता रहेको देवकोटाले स्मरण गरे ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले पौडेलको अभाव सदैब खड्कने बताए । नेपाल पत्रकार महासंघले एउटा राम्रो र उदाहरणीय ब्यक्तित्व गुमाएको बताए । चौहानले, पौडेल जुन राजनीतिक बिचारधाराका थिए तर ब्यवहार चाही ठिक त्यो भन्दा फरक अर्थात निकै प्रजातान्त्रिक मिलनसार र ब्यवहारिक रहेको आफूले पाएको बताए ।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले पौडेलको स्मरण गर्दै नेपाली पत्रकारिथा जगतले एउटा गतिशिल पत्रकार गुमाएको बताए । उनले स्व.पौडेलसंग मान्छेमा आफनो राम्रो छाप छोड्न सक्ने अदभूत क्षमता रहेको बताए । देशमा मात्र हौइन पौडेलको बिदेशमा समेत उतिकै जनसम्पर्क रहेको लामिछानेले स्मरण गरे ।

 

आफ्ना कुराहरु स्थापित गर्न बल गर्ने तर त्यसको बिपक्षमा राम्रो तर्क आयो भने त्यसलाई सहजै ग्रहण गर्न सक्ने क्षमता पौडेलमा रहेको चर्चा गर्दै लामछिाने निकै सम्भावना रहेको एकजना कलमवीर योद्धाको अभाव सदैव महशुस भइरहने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.