logo

पौडेल र शाहीको स्मरणमा वीरगंजमा श्रद्धान्जली सभा, पौडेलको अभाव खड्किने वक्ताहरुको भनाई

 इसीमाना सम्बाददाता      २०७९ माघ १३ गते ०२: ४४ मा प्रकाशित     584   पटक पढिएको

प्रेस सेन्टर नेपाल पर्साले संगठनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभूवन पौडेल र संचार उद्यमी अनील शाहीको स्मरणमा वीरगंजमा श्रद्धान्जली सभा सम्पन्न गरेको छ । पौडेल र शाहीको माघ १ गते यती एयरलायन्सको पोखरामा भएको बिममान दुर्घटनामा परि मृत्यु भएको थियो ।


प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका उपाध्यक्ष गोविन्द देवकोटाले स्व. पौडेलका बारेमा प्रकाश पारेका थिए । सानो समयमा आफनो क्षेत्रमा नेतृत्वदायी स्थानमा पुग्न सफल पौडेलमा अदभूत क्षमता रहेको देवकोटाले स्मरण गरे ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले पौडेलको अभाव सदैब खड्कने बताए । नेपाल पत्रकार महासंघले एउटा राम्रो र उदाहरणीय ब्यक्तित्व गुमाएको बताए । चौहानले, पौडेल जुन राजनीतिक बिचारधाराका थिए तर ब्यवहार चाही ठिक त्यो भन्दा फरक अर्थात निकै प्रजातान्त्रिक मिलनसार र ब्यवहारिक रहेको आफूले पाएको बताए ।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले पौडेलको स्मरण गर्दै नेपाली पत्रकारिथा जगतले एउटा गतिशिल पत्रकार गुमाएको बताए । उनले स्व.पौडेलसंग मान्छेमा आफनो राम्रो छाप छोड्न सक्ने अदभूत क्षमता रहेको बताए । देशमा मात्र हौइन पौडेलको बिदेशमा समेत उतिकै जनसम्पर्क रहेको लामिछानेले स्मरण गरे ।

 

आफ्ना कुराहरु स्थापित गर्न बल गर्ने तर त्यसको बिपक्षमा राम्रो तर्क आयो भने त्यसलाई सहजै ग्रहण गर्न सक्ने क्षमता पौडेलमा रहेको चर्चा गर्दै लामछिाने निकै सम्भावना रहेको एकजना कलमवीर योद्धाको अभाव सदैव महशुस भइरहने बताए ।

 कार्यक्रममा प्रेस युनियनका सचिव अशोक तिवारी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे र जगत राई, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा दुर्घटनामा परि मृत्युवरण गरेका सबै यात्रीहरुको सम्मान र सम्झनामा मौन धारण गरिएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.