logo

कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषदको बैठक वीरगंजमा हुने

 इसीमाना सम्वाददाता     २०७९ फागुन ९ गते ०५: ११ मा प्रकाशित     671   पटक पढिएको

वीरगंज । नेपाल बार एशोसिएशनको आयोजनामा वीरगंजमा फाल्गुन १२ गते देखि १४ गते सम्म कानून व्यवसायी महिलाहरुको ३० औ राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषदको ४८ औ बैठक हुने भएको छ ।

मंगलबार उच्च अदालत परिसरमा आयेजना भएको पत्रकार सम्मेलन मार्फत यस्तो जनाकारी दिइएको हो । वीरगञ्जमा पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा देशभरिका ७०० भन्दा बढी कानून ब्यवासायी महिला सहभागी हुने अनुमान गरिएको अधिवक्ता कर्णको भनाई छ ।


नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुधीर कर्णका अनुसार फाल्गुन १२ बिहान ८ बजे वीरगञ्जको घन्टाघरबाट प्रभातफेरी सुरु भई आदर्शनगर हुदै टाउन हल पार्टी प्यालेस सम्म जाने र सम्मेलनको समुद्घाटन प्रमुख अतिथि सम्माननीय का.मु. प्रधान न्यायाधिशबाट हुनेछ । साथै १२ गते ११ बजे देखि सम्मेलन सुरु भई १३ गते १ बजे वीरगञ्ज घोषणापत्र जारी गरि समापन हुनेछ ।


त्यस्तै फाल्गुन १३ गते १ बजे देखि नेपाल बार एशोसिएसनको ४८ औ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकको उद्घाटन संघिय कानून न्याय तथा संसदीय मामिला मन्त्री माननीय धुर्ब बहादुर प्रधानबाट हुने जानकारी दिए । उक्त कार्यक्रममा देशभरिबाट करिब ८ सय  कानून व्यवसायीहरुको सहभागिता हुनेछ ।


सो परिषदको बैठकमा न्यायालय सुदृढीकरण , कानून व्यवसायीको पेशागत दक्षताबृद्धि, बिधान संसोधनका बिषयमा सम्बन्धमा छलफल हुने अधिवक्ता कर्णले जनाकारी दिए ।

 

पत्रकार सम्मेलनको संचालन उच्च अदालत बार एशोसिएसन वीरगञ्जका अध्यक्ष अधिवक्ता बिशाल चौधरीले गरेका थिए । पत्रकार सम्मेलनमा पर्सा जिल्ला अदालत बार एशोसिसनका अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, बरिठ अधिवक्ता दिपकराज भण्डारी, पर्सा बार पुर्व अध्यक्ष अधिवक्ता राजनाथ ठाकुर, उच्च बार वीरगञ्जका सचिव अधिवक्ता बिनोद कुमार मल्लीक, कोषाध्यक्ष अधिवक्ता प्रज्वल अधिकारी तथा पर्सा बारका सचिव अधिवक्ता मुम्ताज अहमद लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.