logo

‘प्रचण्डले एमालेलाई नभई आफैंलाई धोका दिएका छनः एमाले नेता महासेठ

 इसीमाना सम्वाददाता     २०७९ फागुन २१ गते ०९: ५१ मा प्रकाशित     712   पटक पढिएको

जनकपुरधाम /नेकपा एमालेका सचिव रघुवीर महासेठले चैत ३ गतेपश्चात् देशको राजनीतिक कोर्स परिवर्तन हुने दाबी गरेका छन् ।

आइतबार नेकपा एमाले क्षीरेश्वरनाथ नगर कमिटीले आयोजना गरेको होलीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।


उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि देशको राजनीतिक कोर्स कुन दिशामा जान्छ त्यो भन्न मुस्किल छ ।’


माओवादी अध्यक्ष प्रचण्ड छेपारो जस्तै रंग परिवर्तन गरी पूरानै गठबन्धनसँग हात मिलाएर नेकपा एमालेललाई धोका दिएको महासेठको आरोप छ ।

उनले भने, ‘प्रचण्डले एमालेलाई नभई आफैंलाई धोका दिएका छन् । तपाईं हेर्नुहोला २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन पश्चात देशको राजनीति कुन दिशामा जान्छ ।’

अध्यक्ष प्रचण्डमा कुनैपनि कुरामा स्थिरता नरहेको आरोप लगाउँदै महासेठले प्रचण्डले नै एमाले र कांग्रेसको बिचमा लडाईं गराएर आफू शासन गर्न खोजेको र धेरै पटक सफल पनि भएको बताए । अब कांग्रेस र एमाले दुबैले उनको खेल बुझिसकेको उनको भनाइ थियो ।


नेकपा एमाले नेतृ एवं प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोले मुलुक अहिले देशी विदेशी शक्तिको घेराबन्दीमा परेको आशंका व्यक्त गरिन् । उनले यस घेराबन्दीलाई तोड्नका लागि नेकपा एमालेको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने आवश्यकता रहेकोसमेत बताइन् ।


उनले वर्तमान सरकार गलत साँठगाँठ गरेर राज्यसत्ता सञ्चालन गर्न चाहिरहेको आरोपसमेत लगाइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य हरिनारायण महतो, क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, नेकपा एमाले जनकपुरधामका नगर अध्यक्ष सुरेन्द्र भण्डारी सहितका नेता कार्यक्रताहरुको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.