logo

पटेर्वा सुगौलीमा नेपाली कांग्रेसका नेतावीच झण्डै गोदागोद, समिक्षा बैठकमा नेता चौधरीले लगाए गम्भिर आरोप

 इसीमाना सम्वाददाता     २०७९ चैत ८ गते ०८: २६ मा प्रकाशित     512   पटक पढिएको

पर्साको क्षेत्र नं ३ मा नेपाली कांग्रेसको पराजको बिषयमा आयोजना गरिएको समिक्षा कार्यक्रममा पूर्व मंत्री तथा त्यस क्षेत्रका उम्मेदवार नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी र पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष दिनेश चौधरीकोवीचमा झण्डै हात हालाहाल भएको छ ।

 


पटेर्वा सुगौली गाउँपालिकाको वडा – ४ को गुदरबाबाको मन्दीर परिसरमा भएको समिक्षा कार्यक्रममा नेता चौधरीले आफू हार्नुका कारण बताएका थिए ।


पटेर्वा सुगौली नेता चौधरीको गृह पालीका हो । त्यही पालिकामा ३ सय भन्दा बढी भोटले पछि परेपछि चौधरी झणै १ सय ७० भोटले संघीय सासँदको चुनावमा पराजीत भएका थिए ।


पटेर्वा सुगौली गाउँपालिकाको उपाध्यक्ष ममता महतोको टोलमा नेपाली कांग्रेसले स्थानीय चुनावमा जती भोट पाएको संघीय सासदको चुनावमा त्यहा आधा भन्दा कम भोट पाएको थियो ।

नेता चौधरीले उपाध्यक्षको टोलमा अपेक्षीत भभोट नआएपछि प्रश्न उठाएका थिए । पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीको वडा ५ निचुटा स्थानीय तहको निर्वाचनमा १५ सय भोट नेपाली कांग्रेसले पाएको थियो । तर संघीय सासदको चुनावमा ८ सय मात्र भोट आएपछि नेता चौधरीले आफू यही दुई ठाउको भोट कमी भएका कारण हार्नु परेको निष्कर्ष निकालेका थिए ।


दिनेश चौधरीलाई अध्यक्ष र ममता महतोलाई उपाध्यक्षमा नेता चौधरीले आफनो राजनीतिक जीवन दाउ लगाएर टिकट दिलाएका थिए । निर्वाचनको प्रचार अगावै भएको घरदैलो कार्यक्रममा ममता महतोलाई स्थानीयले कुचो लिएर आक्रमण गर्न खोजेका थिए । उनको निकै बिरोध भएको थियो ।

 

त्यही बिरोध देखाका दिनेश चौधरीले ममतालाई उपाध्यक्ष लडाउदा ठिक नहुने नेता चौधरीलाई भनेका थिए । त्यतीबेला नेता चौधरी रिसाएर ममता बाहेक अरु कुनै उपाध्यक्षको उम्मेदवार हुन नसक्ने भन्दै ममताको पक्षमा चट्टानी अडान लिएका थिए । जसकोलागि नेता चौधरीले राजनीतिक फिल्ड बनाईदिए तिनैले चुनावमा सहयोग नगरेको भन्ने निष्कर्षमा उनी पुगेका छन ।

 

पटेर्वा सुगौली जनमतका हिसावले कांग्रेस बलियो थियो तर कांँग्रेसले आफनो संघीय उम्मेदवारलाई त्यही अनुसारको भोट दिन सकेन यस्को सीधा अर्थ कि त भोट बेचियो कि त कांग्रेसका जनप्रतिनिधिको कामले जनता निराश भए र कांग्रेसलाई भोट हालेनन ।

 

गुदर बाबाको परिसरमा भएको छलफलमा नेता चौधरीेले यही बिषय गम्भिर रुपमा उठाएपछि दिनेश चौधरीले हो हल्ला गरेर नेता चौधरी माथि आक्रमणको प्रयास गरेका थिए । शिक्ष नेता महेन्द्र चौधरीले वीचमा बसेर झगडालाई हात हालाहाल हुनबाट जोगाएको कांग्रेसका एक नेताले बताएका छन ।


उपाध्क्ष ममता महतोले भने आफनो चरित्र माथि प्रश्न उठाउनेलाई नेता मान्न नसकिने अभिभावक मान्न नसकिने भन्दै नेता चौधरी माथि उल्टो आरोप लगाएकी थिइन ।

 

कार्यक्रममा दिनेश चौधरी र महतोले भोट किन घट्यो भन्ने बिषयमा आफनो ठोस भनाई नराखेको एक सहभागिले बताएका छन । गुदरबाबाको मन्दिर परसरमा चार दिन अगाडि यो बैठक भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.