logo

पटेर्वा सुगौलीमा नेपाली कांग्रेसका नेतावीच झण्डै गोदागोद, समिक्षा बैठकमा नेता चौधरीले लगाए गम्भिर आरोप

 इसीमाना सम्वाददाता     २०७९ चैत ८ गते ०८: २६ मा प्रकाशित     687   पटक पढिएको

पर्साको क्षेत्र नं ३ मा नेपाली कांग्रेसको पराजको बिषयमा आयोजना गरिएको समिक्षा कार्यक्रममा पूर्व मंत्री तथा त्यस क्षेत्रका उम्मेदवार नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी र पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष दिनेश चौधरीकोवीचमा झण्डै हात हालाहाल भएको छ ।

 


पटेर्वा सुगौली गाउँपालिकाको वडा – ४ को गुदरबाबाको मन्दीर परिसरमा भएको समिक्षा कार्यक्रममा नेता चौधरीले आफू हार्नुका कारण बताएका थिए ।


पटेर्वा सुगौली नेता चौधरीको गृह पालीका हो । त्यही पालिकामा ३ सय भन्दा बढी भोटले पछि परेपछि चौधरी झणै १ सय ७० भोटले संघीय सासँदको चुनावमा पराजीत भएका थिए ।


पटेर्वा सुगौली गाउँपालिकाको उपाध्यक्ष ममता महतोको टोलमा नेपाली कांग्रेसले स्थानीय चुनावमा जती भोट पाएको संघीय सासदको चुनावमा त्यहा आधा भन्दा कम भोट पाएको थियो ।

नेता चौधरीले उपाध्यक्षको टोलमा अपेक्षीत भभोट नआएपछि प्रश्न उठाएका थिए । पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीको वडा ५ निचुटा स्थानीय तहको निर्वाचनमा १५ सय भोट नेपाली कांग्रेसले पाएको थियो । तर संघीय सासदको चुनावमा ८ सय मात्र भोट आएपछि नेता चौधरीले आफू यही दुई ठाउको भोट कमी भएका कारण हार्नु परेको निष्कर्ष निकालेका थिए ।


दिनेश चौधरीलाई अध्यक्ष र ममता महतोलाई उपाध्यक्षमा नेता चौधरीले आफनो राजनीतिक जीवन दाउ लगाएर टिकट दिलाएका थिए । निर्वाचनको प्रचार अगावै भएको घरदैलो कार्यक्रममा ममता महतोलाई स्थानीयले कुचो लिएर आक्रमण गर्न खोजेका थिए । उनको निकै बिरोध भएको थियो ।

 

त्यही बिरोध देखाका दिनेश चौधरीले ममतालाई उपाध्यक्ष लडाउदा ठिक नहुने नेता चौधरीलाई भनेका थिए । त्यतीबेला नेता चौधरी रिसाएर ममता बाहेक अरु कुनै उपाध्यक्षको उम्मेदवार हुन नसक्ने भन्दै ममताको पक्षमा चट्टानी अडान लिएका थिए । जसकोलागि नेता चौधरीले राजनीतिक फिल्ड बनाईदिए तिनैले चुनावमा सहयोग नगरेको भन्ने निष्कर्षमा उनी पुगेका छन ।

 

पटेर्वा सुगौली जनमतका हिसावले कांग्रेस बलियो थियो तर कांँग्रेसले आफनो संघीय उम्मेदवारलाई त्यही अनुसारको भोट दिन सकेन यस्को सीधा अर्थ कि त भोट बेचियो कि त कांग्रेसका जनप्रतिनिधिको कामले जनता निराश भए र कांग्रेसलाई भोट हालेनन ।

 

गुदर बाबाको परिसरमा भएको छलफलमा नेता चौधरीेले यही बिषय गम्भिर रुपमा उठाएपछि दिनेश चौधरीले हो हल्ला गरेर नेता चौधरी माथि आक्रमणको प्रयास गरेका थिए । शिक्ष नेता महेन्द्र चौधरीले वीचमा बसेर झगडालाई हात हालाहाल हुनबाट जोगाएको कांग्रेसका एक नेताले बताएका छन ।


उपाध्क्ष ममता महतोले भने आफनो चरित्र माथि प्रश्न उठाउनेलाई नेता मान्न नसकिने अभिभावक मान्न नसकिने भन्दै नेता चौधरी माथि उल्टो आरोप लगाएकी थिइन ।

 

कार्यक्रममा दिनेश चौधरी र महतोले भोट किन घट्यो भन्ने बिषयमा आफनो ठोस भनाई नराखेको एक सहभागिले बताएका छन । गुदरबाबाको मन्दिर परसरमा चार दिन अगाडि यो बैठक भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.