logo

हामी जनताको मालिक होइन सेवक हौः अध्यक्ष पटेल

 इसीमाना सम्वाददाता     २०७९ चैत २५ गते ०७: २४ मा प्रकाशित     824   पटक पढिएको

परवानीपुर। परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेलले दिन रात जुन सुकै समयमा पनि आफूहरु जनताको सेवामा समर्पित रहेको बताएका छन ।

 

परवानीपुर गाउाँपालिकाको वडा –२ रामपुर टोकनीमा आयोजीत सार्वजनीक सुनवाई क्रार्यक्रममा नागरिकको सवालको जवाफ दिदै अध्यक्ष पटेलले आफूहरु जनताको मालिक नभई सेवक भएको बताए ।

No description available.

उनले भने हामी मालिक होइनौ तपाईका सेवक हौ त्यही अधिकार जमाएर आफनो सवाल सोध्नु भएकोमा धन्यवाद । मैले गरेको काम मलाई ठिकै लाग्छ उनले भने वास्तवमा त्यो काम ठिक छ वा छैन त्यसको तपाईबाट जान्न अवसर मिल्ने भएकोले सार्वजनीक सुनवाई आफनो लागि पनि राम्रो भएको उनले बताए ।

 

उनले आफू गाउँपालिकामा आउदा आन्तरिक आयस्रोत नभएको चर्चा गर्दै अहिले तीन करोड बढी आन्तरिक स्रोत परिचालन भएको र त्यसलाई पाँच करोड सम्म पुर्याउने लक्ष्य रहेको बताए । उनले प्रत्येक वडामा गरिव निवास बनाउने गरि प्रति वडा पाँच घरका दरले बजेट बिनियोजन गरेकेमा केही समस्याका कारण त्यो काम शुरु नभएको प्रष्ट पार्दै त्यसलाई पुरा गर्ने प्रतिवद्धता जनाए ।

 

उनले परवानीपुर गाउँपालिकामा खेलाडीहरुको खेल अभ्यासकोलागि रंगशाला निर्माण र जिम संचालनकोलागि पहल गर्ने बताए । उनले गरिब तथा बिपन्न परिवारलाई ग्यास चुल्हो र सिलिण्डर समेत उपलब्ध गराउने योजना रहेको बताए ।

 


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनीयारले गाउँपालिका भित्रका सबै सरकारी कार्यालयमा बिधुतीय हाजीरीको ब्यवस्था गरिएको जानकारी दिदै १५ मिनेट ढिलो हाजीर गरेमा आधा दिनको हाजिर काटिने प्रविधि जडान भएको बताए ।

 

त्यसरी हाजीर गर्ने कर्मचारीको तलव काटिएको जानकारी दिदै सेवाग्राहीका निम्ति १० देखी ५ सम्म कार्यालयमा बसेर सेवा दिने परिपाटीमा कुनै सम्झौता नहुने बताए ।


कर्मचारीको अभावमा सेवाको गुणस्तरमा स्वभाविक रुपमा प्रश्न उठने बताउदै रौनीयारले कार्यालयको तर्फबाट सुधारको काम गरिने बताए ।
गाउँपालिकाले ४३ वटा शिर्षकबाट कर उठाउन पाउने जानकारी दिदै रौनीयारले चालु आर्थिक वर्षमा ३ करोड २० लाख राजस्व असुलीको लक्ष्य राखेकोमा चालु आर्थिक वर्षको यो अवधिमा ३ करोड २३ लाख राजस्व संकलन भएको जानकारी दिए ।

 

आर्थिक वर्षको अन्त्य सम्म राजस्व संकलन ४ करोड भन्दा बढी हुने उनले बिश्वास ब्यक्त गरे । यसरी संकलन भएको राजस्व परवानीपुर गाउँपालिकाको बिकासमा खर्च हुने उनले बताए ।

 

अधिकृत रौनीयारले यो वर्ष असार महिनामा कुनै पनि पूर्वाधार निर्माणको काम नहुने प्रष्ट पारे । बैशाखको पहिलो हप्तामा कार्यादेश दिने छौ उनले भने असारमा कुनै काम गरिने छैन ।

परवानीपुर गाउँपालिका वडा नं–२ का वडा अध्यक्ष महम्मद नुरुलहोदा अँसारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं–३ का वडा अध्यक्ष ईब्राहिम मियाँ धोबी, वडा नं–४ का वडा अध्यक्ष गम्भीरा पटेल, वडा नं–५ का वडा अध्यक्ष रामेश्वर साह कलवार , गाउँपालिकाका कानुनी सल्लाहकार महम्मद रफिक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के।सी ।लामिछाने, प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोठे मगर , शम्भु प्रसाद महतोको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा सहयोगी नेपालका कार्यकारी अध्यक्ष तवरेज अहमदले नागरिक अभिमतको बारेमा प्रकाश पारेका थिए ।

 

कार्यक्रम संयोजक जितेन्द्र गिरीले संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.