logo

प्रेस चौतारी रौतहटको बिस्तारित बैठक सम्पन्न, मधेश प्रदेशका अध्यक्षलाई सहयोग गर्ने निर्णय

 इसीमाना सम्वाददाता     २०८० बैशाख २ गते ०६: ५४ मा प्रकाशित     669   पटक पढिएको

चन्द्रपुर । प्रेस चौतारी नेपाल रौतहट शाखाको बिस्तारीत बैठक शनिबार रौतहटको बंकुलमा सम्पन्न भएको छ । नेकपा एमाले मिसन ग्रास रुटका केन्द्रिय प्रतिनिधि अजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त बिस्तारित बैठक सम्पन्न भएको हो ।

 

कार्यक्रमका एमाले नेता गुप्ताले मिसन ग्रास रुट बारेमा र त्यसको प्रभाब बारे जानकारी गराएका थिए । समाजलाइ सम्बृद्ध बनाउनकोलागि पत्रकारको प्रमुख भुमिका भएको बताउदै एमाले नेता गुप्ताले पत्रकारको धर्म र मर्म अनुसार काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले संगठन भित्र दक्षीणपंथी अवसरवाद र संगठनात्मक अराजकताको प्रवृतिगत बिषयमा चर्चा गरेका थिए ।

 

लामिछानेले परिवर्तनको पक्षमा नलाग्ने अवसरकालागि अराजनीतिक गतिविधि गर्ने प्रवृति बढेकोले त्यसबिरुद्धको संघर्ष अनिवार्य रहेको बताए । उनले अवसर आफूले पाए ठिक नत्र बेठीक भन्ने प्रवृति निकै हावी भएको चर्चा गर्दै संगठनमा बिचारधारात्मक स्रेतको आधारमा मूल्याकंनको परिपाटीको बिकास आवश्यक रहेको बताए ।

 

संगठन भित्र अराजकता बढेको चर्चा गर्दै अराजकताले जनपक्षीय पत्रकारतिालाई संकटमा पार्ने बताए । उनले गलत प्रवृतिका बिरुद्ध असल कार्यशैलीको निर्माण र बिचारधारा प्रतिको प्रतिवद्धताको अभावमा संगठनको गुणात्मक बिकास नहुने बताए ।

यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिब तथा मधेश प्रदेश इन्चार्ज कमल कुमार उपाध्यायले अब प्रेस चौतारी नेपाललाइ मधेश प्रदेशको सबैभन्दा बलियो संगठन भएको बताए छ ।

 

मधेश प्रदेशका ८ वटै जिल्लामा प्रेस चौतारी नेपालको संगठन अझ मजबुद बनाउने अभियान चलाउने केन्द्रिय सचिब उपाध्यायले जानकारी गराए ।

यस्तै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिब श्याम बन्जाराले नेपाल पत्रकार महासंघको केन्द्रिय र्सकुर अनुसार प्रदेशले काम गरिहेको बताए ।


कार्यक्रममा प्रेस चौतारी नेपालका मधेश प्रदेश सह इन्चार्ज तथा केन्द्रिय सदस्य अच्युत पौडेल,केन्दीय सदस्य संजय मिश्रा,प्रेस चौतारी मधेश प्रदेशका महासचिब गौतम श्रेष्ठ नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले शुभकामना ब्यक्त गरेका थिए ।


बैठकले प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष फणि महतको स्वास्थ्य उपचारको लागी ५१ हजार आर्थिक सहयोग गर्ने, नेपाल पत्रकार महासंघ रौतहट शाखामा भएका नया सदस्य तथा सदस्यता नबिकरणको सम्बन्धमा प्रभाबकारी भुमिका निर्वाह गर्ने बारे छलफल गरि निर्णय गरेको छ ।


प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष उत्तम कुमार उपाध्यायको सभापतित्वमा सम्पन्न उक्त बिस्तारीत बैठकमा चौतारीका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिनाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।


शाखाका सचिब मुकेश कुमार साहको संचालनमा भएको उक्त बैठकमा रौतहटका अग्रज पत्रकार अशोक कुमार पहाडी लगायत जिल्लभरीका प्रेस चौतारी नेपालमा आबद्ध सदस्यहरुको उपस्थिति हेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.