नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका सर्मथकहरुले बीरगंजमा समर्थनमा प्रदर्शन मोटरसाइकल र्याली गरेका छन् ।
जनदेशको पालना गर्न आग्रह गर्दै मुलुकलाई अस्थिरता तर्फ लैजाने काम नगर्न उनीहरुले नेतृत्वलाई अपिल गरेका छन ।
स्वतन्त्र युवा समाजका अध्यक्ष अनिफ मियाको नेतृत्वमा निस्केको रयलीले बीरगंज बजार परिक्रमा गरेर घण्टाघर आएर कोण सभामा परिण भएको थियो । उनीहरुले प्रधनामंत्री ओलीको पक्षमा नाराबाजी गरेका थिए ।
केपी ओली जिन्दावाद, पार्टी फुटाउन पाउदैन, पार्टी एकता जिन्दावाद सहितको नारावाजी गर्दै महानगरको मुख्य बजार परिक्रमा गरेका थिए । र्यालीमा सहभागी युवाहरुले जनादेशलाई पार्टीका शिर्ष नेताहरुले सम्मान गर्नु पर्ने बताएका थिए ।
उनीहरुले पार्टी एकताको बेला गरिएका सहमतीको बर्खिलाप हुने गरि बिदेशीको हात बलियो हुने गरि काम नगर्न समेत अपिल गरेका छन । प्रर्दनशमा नेकपा निकटका युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया