logo

वीरगंजमा प्रेस युनियनको प्रभात फेरी,संचारबिरोधी कानून बन्दै गरेको भन्दै सचेत रहन सचिव चौहानको आग्रह

 इसीमाना सम्वाददाता     २०८० जेठ १३ गते ०५: १० मा प्रकाशित     724   पटक पढिएको

वीरगञ्ज । नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा वीरगंजमा प्रभात फेरी सम्पन्न भएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाको आयोजनामा आज बिहान निकालिएको प्रभात फेरि वीरगञ्जको घण्टाघर चौक हुदैँ माईस्थान, आदर्शनगर, घडीअर्वा पोखरी हुदै नगर परिक्रमा गरि पुन घण्टाघर चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

 

कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले श्रमजीवी पत्रकारहरुको पेशागत हितको आन्दोलनमा पत्रकारहरुको संस्था आवश्यक रहेको बताए ।

उनले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रको रक्षाकोलागि आज पत्रकारहरु सचेत हुनु पर्ने बताए ।उनले संघ प्रदेश तथा स्थानीय सरकारले बनाउदै गरेका कानूनहरु संचारमेत्री नभएकोले पनि पत्रकारहरुले सचेतता अपनाउन आवश्यक रहेको बताए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने मधेस प्रदेश महासचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी, निलिमा पौडेल र दिलिपराज कार्की लगायतको उपस्थित रहेको थियोे ।


नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष बिजय महताको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव इरफमान अलीले गरेका थिए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.