logo

संवैधानिक निकायलाई सरकारले नै निरही बनायोः मधेशी आयोग अध्यक्ष डा.दत्त

 इसीमाना सम्वाददाता     २०८० असार ७ गते ०५: ०७ मा प्रकाशित     683   पटक पढिएको

संवैधानिक आयोगहरुलाई सरकारले नै निरही बनाएको मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताएका छन ।

 

विहिबार प्रतिनिधि सभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला समिति संगको छलफलमा बोल्दै अध्यक्ष डा.दत्तले संवैधानिक आयोगहरु नेपाल सरकारको मातहातका निकाय नभएर सरकारलाई खबरदारी गर्ने निकाय भएपनि सरकारले आफ्नो अन्तर्गतको निकाय जस्तो व्यवहार गर्नु दुखद रहेको बताएका छन ।

छलफलमा बोल्दै अध्यक्ष डा.दत्तले अत्याधिक न्यून बजेट र सिमित स्रोत साधनको बीच पनि मधेशी आयोगले आफ्नो संबिधान प्रदत्त अधिकारलाई उपयोग गरी अहोरात्र मधेशी समुदायको सशक्तिकरणको लागि काम गरिरहेको जानकारी दिए ।

 

आयोग संग मधेशी समुदायको धेरै नै अपेक्षा भएपनि सरकारको नियतले गर्दा आयोगको हात खुट्टा बाधिएको अवस्था सृजना हुनु निकै चिन्ताजनक विषय रहेको समेत बताएका छन ।

आयोगले नेपालको इतिहासमा पहिलो पल्ट औपचारिक रुपमा “मधेशी” शब्दको परिभाषा, मधेशी समुदायको राज्यमा पहुचं, मधेशी समुदायको थर सूचीकरण जस्ता ऐतिहासिक कामहरु गरेको समेत अध्यक्ष डा.दत्तले जानकारी दिए ।


आयोगको तर्फ बाट अध्यक्ष डा.दत्तले संवैधानिक निकायहरु स्वायत र स्वतन्त्र निकाय भएकोले गर्दा सोही अनुसार काम गर्न दिने कुरालाई संसदमा राखिदिन समितिका सदस्यहरुलाई अनुरोध गरेका छन ।

 

सो छलफलमा समितिका सभापित, सदस्य, मधेशी आयोगका सदस्यहरु, सचिव सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ्

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.