logo

हेटौडाको सडक अतिक्रमण नहटाइए सामुहिक आत्मदाह गर्ने ७३ वर्षिय गुरुङगको घोषणा

 इसीमाना सम्वाददाता     २०८० सावन १५ गते ०२: ३३ मा प्रकाशित     578   पटक पढिएको

हेटौंडा । सडकको अतिक्रमण नहटाइए हेटौडा ८ को एक परिवारले सामुहिक आत्मदाहको घोषणा गरेका छन ।

 

सडक चौहाडको माग् गर्दै सोमवार हेटौडा उपमहानगरपालिकाका पञ्मुख मिनालामालाई ज्ञापन पत्र बुझाउदै ७३ वर्षीय मानबहादुर तामाङले आफनो परिवारका सबैको आत्मदाहको घोषणा गरेका हुन ।

 

उनको परिवारका सदस्यहरु दुई साता देखि सडक डिभिजन कार्यालय हेटौंडाको गेटमा धर्नामा रहेका बसेका छन ।


लामो समय देखि चर्चामा रहँदै रोकिदैँ आएको पुर्व पश्चिम राजमार्गका कारण हेटौंडा बजार क्षेत्रको सडकमा दुर्घटनाका घटना बढ्दै गएको र बजारको स्वरुप बिग्रिएको भन्दै उनीहरुले सडक विस्तार रोक्न बाधक नबन्न माग गर्दै उपमहानरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

 

हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्नबाट पछि हट्न नहुने माग राख्दै साउन १ गतेबाट ७३ वर्षीय मानबहादुर तामाङ सहित उनका ३४ वर्षीय छोरा राजिव तामाङ सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बस्दै आएका छन् ।

 

दुई साता देखि अनसरमा रहेका उनीहरुले सडक विस्तारको पक्षमा रहन माग गर्दै नगर प्रमुख लामालाई ज्ञापन पत्र बुझाएका हुन् । विकासप्रेमी अभियान्ताको रुपमा पत्र बुझाउनका लागि धर्ना बसेका बाबु छोराको साथमा हेटौंडा–८ का रामकृष्ण अघिकारी र रामचन्द्र तामाङ पनि सहभागि थिए ।

 

त्रिभ२वन राजपथको हेटौडा बजारखण्डमा सडक अतिक्रमण भएको छ । अतिक्रमण हटाएर राजमार्ग विस्तार नहुँदा अन्य जिल्लाको तुलनामा हेटौंडा पछि परेको छ । हेटौडाको सौन्दर्यता लाई अतिक्रमणले झनै कुरुप बनाएको छ । गुरुङले हेटौडालाई सुन्दर शहर बनाउन आफनो उद्धेश्य भएकोले अनशन बसेको बताए ।


सडक डिभिजन कार्यालयमा मार्फत सडकका घर टहरा हटाउन जारी भएको सूचनाको समय १५ गते आज सकिने अवधि सम्म अनसन बस्ने र १६ गतेबाट काम सुरु नभए आमरण बस्ने ज्ञापन पत्रमा उल्लेख छ ।

 

अहिलेको अवस्थामा पनि हेटौंडाको संरचना भत्काउने कुराबाट सडक डिभिजन कार्यालय पछि हटेमा कुनै पनि बेला सामूहिक आत्मादाह गर्नबाट पछि नहट्ने पत्रमा उल्लेख छ ।

डिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते राजमार्गको हेटौंडा–१५ रातोमाटेबाट बुद्धचोक हुँदै राप्तीपुलसम्मको दायाँ बायाँ सडक २५र२५ गजभित्र पर्ने संरचना हटाउन सूचना प्रकाशित गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.