logo

प्रेस तथा अभिब्यक्ति बिरोधी सूचनाका बिरुद्ध सप्तरीका पत्रकार आन्दोलीत, मैनवत्ती बालेर गरे बिरोध

 इसीमाना सम्वाददाता     २०८० सावन २४ गते ०८: ४७ मा प्रकाशित     494   पटक पढिएको

राजबिराज । जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालय परिसरमा अनुमती विना फोटो, भिडियो खिच्न लगाएको रोक बिरुद्ध नेपाल पत्रकार महासंघ सप्तरीले आन्दोलन शुरु गरेको छ ।

 


सप्तरीका पत्रकारले नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा प्रहरी, प्रशासनको बर्बर दमन, आक्रमण र निषेध विरुद्ध आन्दोलन शुरु गरेका हुन । नेपाल पत्रकरा महासंघ सप्तरीले बुधवार बेलुका ८ बजे भित्र जिल्ला प्रशासन कार्यालयलाई आफनो प्रेस स्वतन्त्रता बिरोधी सूचना फिर्ता लिन माँग गरेको थियो । प्रशानसले आफनो माँगको सुनवाई नगरेपछि महासंघले बिरोध स्वरुप मैनवती वालेर प्रेस स्वतन्त्रताको खोजी गरेको हो ।


जिल्ला प्रशासन कार्याल सप्तरीले मंगलबार सूचना जारी गरी पत्रकारसहित सर्वसाधारणलाई बिना अनुमति फोटो, भिडियो खिच्न रोक लगाएको हो । जिप्रकाद्वारा जारी सूचनामा अनुमति विना फोटो खिची सामाजिक संजाल, अनलाइन, पत्र–पत्रिकामा राखेको फोटो र भिडियो पाईएमा कारबाही गर्ने चेतावनी दिएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र पत्रिकामा राखेको पाइएकोले कर्मचारीको ब्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार यो सूचना जारीगरिएको उल्लेख छ ।

आदेश विपरीत गतिविधि गरे\गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने जारी सुचना मार्फत चेतावनी समेत दिईएको छ । सप्तरी जिल्ला प्रशासन कार्यालयको अभिब्यक्ति स्वतन्त्रता बिरोधी सूचनाको बिरुद्ध नेपाल पत्रकार महासंघ सप्तरीले कडा प्रतिक्रिया सार्वजनीक गर्दै आन्दोलनको चेतावनी दिएको छ ।

 

शाखाका अध्यक्ष श्रवणदेव र सचिव आर एन बिश्वासले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि त्यसका विपरित जिल्ला प्रशासन कार्यालय सप्तरीको पछिल्लो सूचनालाई ‘शाही कालिन उर्दी’ भन्दै सूचना फिर्ता लिन माँग गरेका छन ।


प्रेस स्वतन्त्रता विरोधी कुनै पनि उर्दी आफुहरुलाई मान्य नहुने भन्दै विज्ञप्तिमा श्रावण २४ गते बुधबार राती ८ बजेसम्म त्यस्तो उर्दीपुर्ण सूचना फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिईएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.