logo

जातीय मुक्ति समाज पर्साको अध्यक्षमा हजरा सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८० सावन ३० गते १०: १७ मा प्रकाशित     272   पटक पढिएको

बीरगंज । नेपाल उत्पीडित जातीय मुक्ति समाज पर्सा जिल्लाको भेलाले धन्नजय हजराको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।


कमिटीको उपाध्यक्षमा लक्ष्मी विक र छनु पासवान सचिवमा केशल बिश्वकर्मा सहसचिवमा ब्रमानन्द राम र उपसचिवमा पद भने रिक्त रहेको छ ।

 


भेलालाई सम्बोधन गर्दै नकेपा एमालेका केन्द्रीय सदस्य एवं मुक्ति समाज केन्द्रीय उपाध्याक्ष साँसद प्रभू हजराले उत्पीडित जातिको मुक्तिका निम्ति नेकपा एमाले सच्चा र सवल पार्टी भएको बताए ।

 

नेपालमा बर्या ब्यवस्थाको सामन्ती चिन्तनद्वरा उत्पीडिनमा पारिएका दलीतलाई मानवको रुपमा ब्यवहार गर्नु पर्ने आन्दोलनको शुरु नेकपा एमालेले गरेको बताए ।

 

छुवाछुत सामाजिक अपराध हो भन्ने कुरालाई स्थापीत गर्न नेकपा एमालेको भूमिका महत्वपूर्ण रहेको नेता हजराले प्रष्ट पारे । एमालेजनले आफनो घरबाट ब्यवहारबाट छुवाछुत बिरुद्धको अभियान चलाएको स्मरण गर्दै एमालेको अगुवाईमा मात्र नेपालका दलीतले मुक्ति र समृद्धि पाउने ठोकुवा गरे ।

 


कार्यक्रममानेकपा एमाले पर्सा संयोजक विशम्भर शर्मा ,मुक्ति समाज केन्द्रीय सचिव सुन्दर विशर्कमा नेकपा एमाले मधेश प्रदेश सचिवाल्य सदस्य जयप्रकाश थारू, नेकपा एमाले मधेश प्रदेश सदस्य बसुदेव यादव ,नेकपा एमाले मधेश प्रदेश सदस्य एवं मुक्ति समाज जिल्ला इन्चार्ज मेघराज पासवान, नेपाल खेलकुद महासंघ केन्द्रीय विज्ञ आयोग प्रमुख मानदेव हजरा, मुक्ति समाज केन्द्रीय सदस्य रामचन्द राम, मुक्ति समाज केन्दीय सदस्य सुरेश पासवान, मुक्ति समाज मधेश प्रदेश अध्यक्ष पचदेव खन, मुक्ति समाज मधेश प्रदेश का हरेन्द् हजरा मुक्ति समाज मधेश प्रदेशका तपशि पासवान, भरत विशर्कामा लगायतले आफनो मन्तब्य ब्यक्त गरेका थिए । ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.