logo

मूल्यबृद्धिको बिरोधमा एमाले निकट युवासंघ आन्दोलीत

 इसीमाना सम्वाददाता     २०८० भदौ १६ गते ०९: ०५ मा प्रकाशित     328   पटक पढिएको

बीरगंज । बर्तमान सरकारले जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने गरि पेट्रोलियम पदार्थको मुल्य पटक पटक वृद्धि गरेकोमा राष्ट्रिय युवा संघ नेपालले घोर आपत्ति व्यक्त गर्दै आएको छ ।

 

राष्ट्रिय युवा संघ नेपाल न्यायप्रेमी जनताको पक्षमा र सरकारले जनताको अहितमा गर्ने सबै कामको बिरोधमा हुने गर्दछ । सोहि अनुसार सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धि लगायतका जनताको अहितमा गरेका कामको विरुद्ध राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको निर्देशन अनुसार संघका जिल्ला कमिटीहरुले देशब्यापाी मशाल जुलुश प्रर्दशन गरेका छन ।

 


पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि सबै क्षेत्रमा मुल्य वृद्धि हुने सर्वविदितै छ । त्यसको नकारात्मक असर जनतालाइ प्रत्यक्ष पर्ने छ । जनता एउटा पार्टीको मात्रै हुदैनन् ,पेट्रोलियम पदर्थको मुल्य वृद्धिले सबै पार्टीलाइ भोट हाल्ने जनतालाइ प्रत्यक्ष असर पर्ने गर्छ । त्यसैले सबै पार्टी निकट युवा संगठनहरुलाइ सबै खाले मुल्यवृद्धिको बिरोध गर्न युवा संघले आव्हान गरेको छ।

 

पेट्रोलियम पदार्थ, खाद्य वस्तु लगायतका सामग्रीमा जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि फिर्ता लिन संघले नेपाल सरकार सङ्ग जोडदार माग गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

समाज

महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला, अनुसन्धानकालागि कुकुर पनि परिचालन

बर्दिबास  । महोत्तरीमा अनुहार जलाएर चिन्न नसकिने अवस्थामा एक महिलाको शव बरामद भएको छ । महिलाको उमेर अन्दाजी २५÷२६ रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

लेनदेन मुद्धामा बीरगंजका उधोगी जाटिया पक्राउ

वीरगन्ज। अदालतको आदेश कार्यान्वयनकालागि प्रहरीले वीरगंजका उद्योगी प्रेमकुमार जाटियालाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.