logo

नेकपा एमालेको प्रधम मधेश अधिवेशनको मुख्य नारा र लोगो सार्वजनीक

सामाजिक न्याय र सुशासन एमालेको कार्यभार ,मधेशको स्वाभिमान र समृद्धिको लागि एमालेको सरकार

 इसीमाना सम्वाददाता     २०८० असोज ११ गते ०७: ३० मा प्रकाशित     836   पटक पढिएको

 जनकपुर । नेकपा एमाले मधेश प्रदेश कमिटीले आफनो पहिलो अधिवेशनको मुख्य नारा र लागो सार्वजनीक गरेको छ । जनकपुरमा पत्रकार सम्मेलन मार्फत लोगो र मूख्य नारा सार्वजनीक गरेको हो ।

सामाजिक न्याय र सुशासन एमालेको कार्यभार ,मधेशको स्वाभिमान र समृद्धिको लागि एमालेको सरकार भन्ने मुख्य नारा प्रथम अधिवेशनको मुख्य नारा तय गरिएको नेकपा एमालेका मधेश प्रदेशका अध्यक्ष रामवतार यादवले जानकारी दिए ।

May be an image of 9 people, signboard, banner, poster, dais, outdoors and text

पत्रकार सम्मेलनमा लोगो सार्वजनीक गर्दै गर्दै नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले मधेशको आर्थिक र सामाजिक समृद्धिका लागि एमालेकै सरकार अनिवार्य रहेको बताएका छन ।


उनले एमाले नेतृत्वकै सरकारबाट मुलुक, प्रदेश र स्थानीय तहले सहजरुपमा जनताका लागि आर्थिक समृद्धि, सामाजिक न्याय र समानताको प्रत्याभूती गर्ने बताए । एमाले सचिव भट्टराईले भने, ‘गएको पाँच वर्षमा कुनै पार्टीको मुख्यमन्त्री र यो एक वर्ष अर्कै पार्टीको मुख्यमन्त्रीले के कति जनताका लागि काम गरेको छ, विकासको काम गरेको छ, जनताको सुशासन र सामाजिक न्यायका लागि काम गरेको छ, हामीले देख्यौँ, त्यही भएर अब आउने निर्वाचनमा एमालेको सरकार निश्चित छ ।’

 

उनले ०८० साल एमालेका लागि संगठन निर्माण वर्षको रुपमा रहेको बताउँदै सचिव भट्टराईले अबको एमालेको मिसन आफ्नो संघदेखि प्रदेशसम्ममा एमालेको बहुमतको सरकार हुने दावी गरे ।

May be an image of 10 people, dais, hospital and text
एमालेको मधेश प्रदेश कमिटीको प्रथम अधिवेशन यही असोज २४ देखि २५ गतेसम्म दुई दिवसीय हुने जानकारी एमाले मधेश प्रदेशका अध्यक्ष रामऔतार यादवले दिए ।

 

उनले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने प्रदेश अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए ।


उनले यस समारोहमा विभिन्न सांस्कृतिक झाकी, स्थानीय भेषभुसा, बाजागाजा र सांस्कृतिक टोलीले प्रस्तुती गर्ने बताए ।

 

अधिवेशनमा मधेश प्रदेशको ८ वटै जिल्लाबाट एक हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने उनले बताए । महिला र युवालाई विशेष प्राथमिकता दिइने समेत उनले बताए ।


एमाले मधेश प्रदेशको तयारी तथा व्यवस्थापनका लागि चरणवद्धरुपमा कामहरु भइरहेको बताउँदै यसका लागि प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, समिति तथा विभिन्न उपसमितिहरुसमेत गठन गरिएको छ ।

 

एमालेले मधेश प्रदेशको अधिवेशनका लागि सार्वजनिक गरिएको लोगोमा सांस्कृतिक एवं धार्मिक विविधताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तिव्र विकासको आवश्यकतालाई उजार गरिएको एमालेले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

धनुषामा गरिब परिवारलाई उठीबास गराएको आरोप, हेडमास्टर यादव विवादमा

जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिका–११ डुमरियामा एक गरिब परिवारलाई जबरजस्ती उठीबास गराएको आरोप सार्वजनिक भएको छ। उक्त आरोप स्थानीय हेडमास्टर शम्भु यादवमाथि लागेको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.