logo

जसपा पर्साको बिवादमा प्रदेशको अंकुश, समानान्तर समिति अबैध रहेको ठहर

 इसीमाना सम्वाददाता     २०८० असोज १७ गते ०६: १६ मा प्रकाशित     1494   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टी पर्साको समानान्तर जिल्ला कमिटी निर्माणको तहमा पुग्यो बिवादमा बिराम लागेको छ । पार्टीीको मधेश प्रदेश कमिटीले बिवादमा बिराम लगाएको हो ।

 

 

प्रदेश कमिटीको असोज १६ गते जनकपुरमा सम्पन्न प्रदेश समितिको कार्यकारणी समितिको बैठकले बिवादको अन्त्य गरेको हो ।


बैठकले असोज १० गते समानान्तर भेला राखेर सिगासन साह तेलीको नेतृत्वमा निर्माण गरिएको जिल्ला समितिलाई बिधान बिपरित भएको ठहर गरेको छ ।

 

प्रदेश समितिको यो निर्णयले तेली नेतृत्वको जिल्ला कमिटीलाई अबैधानिक ठहर गरेर यो बिवादको अन्त्य गरेको हो । जसपाको यो निर्णय संगै पर्सामा रामनरेश यादवको नेतृत्वमा रहेको जिल्ला समितिले पार्टीको कार्य सम्पादन गर्ने छ ।

 

प्रदेशको यो निर्णयले समानान्तर समितिको नेतृत्व गरेका साहलगायतका नेताहरु पनि पुरानै समितिमै संगठीत पुरानै स्थितिमा पुगेका छन ।


मधेश प्रदेशका इन्चार्ज मृगेन्द्र सिंह यादव र सह इन्चार्ज उर्मिला साह ,दीपक कार्कीको बिशेष उपस्थितिमा भएको बैठकले पर्साको बिषयलाई महत्व दिदै एउटा राजनीतिक कार्यदल निर्माण गरेको छ ।

 

कार्यदलमा प्रदेश अध्यक्ष रामबाबु यादव , उपाध्यक्ष रामपृत पासवान,उपाध्यक्ष सुशिल कुमार यादव,मुख्य सचिव दिनेश कुमार यादव र सचिव युसुफ अली रहेका छन । कार्यदलले पर्साको विवादको बिषयमा छलफल गरि निष्कर्ष निकाल्ने स्रोतले जनाएको छ ।


जनता समाजवादी पार्टीको प्रदेश समितिको यो निर्णय संगै पर्सा जिल्लाको बिवाद बैधानिक दायारामा आएको छ । पार्टीको बिधान स्थापीत मान्यता र प्रणालीलाई अराजकतापूर्ण गतिविधिको माध्यमले कमजोर बनाउने प्रवृति राजनीतिक रुपमा सबै जसो पार्टीका देखिएको बेलामा जनता समाजवादी पार्टीले भने तुरुन्त सम्बोधनको प्रयास गरेको एक नेताले टिप्पणी गरेका छन ।


प्रदेशको कार्यकरणी समितिले पर्सामा २५ र २६ गते संगठन बिस्तार अभियान अन्र्तगत कार्यक्रम गर्ने भएको छ । त्यसकोलागि उपाध्यक्ष सुशिल कुमायर यादवलाई जिम्मेवारी दिएको छ ।

 

जसपाले प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु मध्य दोहोरो जिम्मेवारी रहेकाहरुलाई पनि एउटा जिम्मेवारीमा सिमति गर्ने गरि नीति पारित गरेको छ । एक पद एक जिम्मेवारीलाई कार्यान्वयमा लैजानेगरि निर्णय भएको ति नेताले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.