logo

एमालेको प्रदेश अधिवेशन,मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार आवश्यकः इन्चार्ज भट्टराई

 इसीमाना सम्वाददाता     २०८० असोज २३ गते ०४: १३ मा प्रकाशित     385   पटक पढिएको

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरू हुँदै छ। भोलि मध्याह्न अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।


‘अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि मध्याह्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्नु हुनेछ,’ जनकपुरमा सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने ।

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन् । एमाले अब त्यही लक्ष्यका साथ क्रियाशील हुने उनले बताए ।

 

मधेश प्रदेश अधिवेशनका लागि आज जनकपुरधाम पुगेका भट्टराईले पत्रकार सम्मेलनमा सामाजिक विभेद, बेरुजु र भ्रष्टाचार सबैभन्दा धेरै मधेश प्रदेशमा भएको बताउँदै एमालेको मुख्य काम सुशासन र सामाजिक न्याय भएको बताए ।


‘मधेशको अहिलेको मुख्य कार्यभार सुशासन र सामाजिक न्याय हो,’ भट्टराईले भने, ‘त्यसको निम्ति मधेशको स्वाभिमानलाई सगरमाथाको शीरमा उठाउनु छ अनि मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक छ ।’

 

उनले थपे, ‘एमालेको मुख्यमन्त्री चाहिन्छ, १३६ वटा पालिकामा एमालेको प्रमुख चाहिन्छ, प्रधानमन्त्री एमालेको चाहिन्छ । अब मधेश प्रदेशको अधिवेशनको ध्यान त्यता जान्छ ।’

पार्टी अध्यक्ष ओलीले बुधबार नै मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को शिलान्यास गर्ने छन्।

मधेस प्रदेशमा एमालेका ६६ हजार २ सय पार्टी सदस्य रहेको भट्टराईले बताए। १ सय ३६ स्थानीय तहबाट १ हजार २१ जना प्रतिनिधि चुनिएर आएका छन्।

अधिवेशनले २ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ।

मधेस प्रदेशको आगामी नेतृत्वका लागि अहिलेसम्म चार जनाले आकांक्षा राखेको एक प्रतिनिधिले बताए। उनका अनुसार धनुषाका लक्ष्मीनारायण यादव आफ्नो पक्षमा समर्थन जुटाउन कस्सिएका छन्। उनी प्रदेश सदस्य हुन्।

त्यस्तै सर्लाहीका राजनारायण साह र चन्देश्वर मण्डलले पनि अध्यक्षमा आकांक्षा राखेको ती प्रतिनिधिले बताए। त्यस्तै पर्साका बिचारी यादवले पनि आफनो आकंक्षा जाहेर गरेका छन । उनी सम्बिधान सभाका सदस्य पनि हुन । अहिले प्रदेश कमिटीको सचिवालय सदस्य समेत रहेका यादव पुराना र त्यागी कम्युनिष्ट नेता हुन । यादवलाई पार्टीका केन्द्रीय सचिव रघुविर महासेठको सर्मथन रहेको स्रोतको दावी छ । महासेठको सर्मथन प्राप्त गर्ने यादव बलिया दावेदार मानिन्छन ।
नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशनले “सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार” । भन्ने मुल नारा तय गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.