logo

मंसीर ५ मा पोखरिया आउन पर्साबासीलाई एमालेको निम्तो, रौनीयार एमालेमा जाने निश्चित

 इसीमाना सम्वाददाता     २०८० मंसिर १ गते ०७: ०१ मा प्रकाशित     712   पटक पढिएको

बीरगंज । पर्साको क्षेत्र नं ३ बाट ०७४ को प्रतिनिधि सभामा तत्कालीन संघीय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीबाट निर्वाचित पूर्व सांसद हरिनारायण रौनीयार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन ।

 

नेकपा एमाले पर्साले शुक्रवार बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । रौनीायर संगै अन्य धेरै जना नेकपा एमालेमा प्रवेश गर्ने तयारी भएको एमाले पर्साले जनाएको छ ।

 

पार्टीले पर्साको पोखरीया नगरपालिकामा यही मंसिर ५ गते मंगलबारका दिन बृहत आम सभा तथा पार्टी प्रवेश कार्यक्रमको अयोजना नै गरेको छ

। उक्त कार्यक्रममा पार्टीका अध्यक्ष के.पी.ओलीले पार्टी प्रवेश गराउने तथा समसामयीक राजनीतिका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पर्सा इन्जार्ज अच्यूत मैनालीले जानकारी दिए ।

५ गतेको कार्यक्रममा पर्साका २५ हजार जनताको सहभागिता रहने नेकपा एमालेले जनाएको छ । एमाले पर्साले पोखरियाको कार्यक्रममा सहभागि हुनकालागि आमपर्सावासीमा अनुरोध गरेको छ ।

 

नेकपा एमाले बर्तमान परिवेशमा के सोचिरहेको छ ? उसका धारणाहरु के हुन राष्ट्रीय राजनीतिका सन्र्दभमा एमालेको अडान के हो ? बिकास निर्माणका सन्र्दभमा नेकपा एमालेको भनाई बे छ भन्ने कुरा बुझ्न सहज हुने भएकोले आम नागरिकलाई सभामा सहभागी हुन नेकपा एमालेले अपिल गरेको हो ।

कार्यक्रममा पर्सा जिल्लाका नेकपा माओवादी केन्द्र , नेपाली काँग्रेस, जसपा, लोसपा पार्टीका केन्द्रीय तहका नेताहरुलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने नेता मैनालीले जानकारी दिए ।

प्रवेश गर्नेमा जसपा पार्टीका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारको नाम तय भइसकेको पोलीटब्यूरो सदस्य सुमन प्याकुरेलले जानकारी दिए । प्रवेश गर्ने बाँकी नेताहरुको नाम भन्ने गोप्य राखिएको छ ।

 

पार्टीका जिल्ला संयोजक डाक्टर विशम्बर शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकारहरुले हरि नारायण रौनीयारको ब्यवसायीक कारेवार , मुद्धा र उनको सार्वजनीक छवीका बारेमा प्रश्न गरेका थिए ।


कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रभु हजरा, मधेश प्रदेश कमिटी सदस्य शम्भु गुप्ता , पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने नेता तेजप्रकाश निषाद , अकलेश साह लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बन्जाराले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.