logo

युवाको मधेशको इन्चार्जमा निजाम, पर्सामा गुप्ता

 इसीमाना सम्वाददाता     २०८० मंसिर २२ गते ०४: ४२ मा प्रकाशित     541   पटक पढिएको

वीरगञ्ज । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको मधेस प्रदेश इन्चार्जको जिम्मेवारी पर्साका मोहम्मद निजामले पाएका छन् ।

 

सङ्घको केन्द्रीय सचिवालय सदस्य समेत रहेका निजामलाई मधेस प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको हो । निजाम सङ्घको केन्द्रीय सचिवालय सदस्य हुँदै इन्चार्ज बनेका हुन् ।

 

मधेस प्रदेशका युवाहरूबिच निकै लोकप्रिय निजाम नेकपा एमाले मधेस प्रदेश कमिटीको सदस्य समेत हुन् । राजनीतिकसँगै समाज सेवामा पनि सर्किय निजाम पछिल्लो पटक जाजरकोटमा गएको भूकम्प पश्चात् पार्टीले गरेको निर्णयअनुसार पूर्ण निर्माणको कार्यमा पनि खटिएका थिए । त्यस्तै उनी कोरोना कालमा पनि उतिकै सक्रिय थिए ।

 

निजाम पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताका स्वकीय सचिव पनि हुन् । त्यस्तै युवा संघ नेपालको मधेश प्रदेश कमिटीको सह इन्चार्जको जिम्मेवारी भावना आचार्य र मनिष श्रेष्ठले पाएका छन् ।

 

आचार्य बाार जिल्ला निवासी हुन । नेकपा एमालेको जिल्ला कमिटीको सदस्य समेत रहेकी आचार्य जुझारु महिला नेतृ हुन । त्यस्तै पर्सा जिल्लाको युवा संघको इन्चार्जको जिम्मेवारी रवी गुप्ताले पाएका छन । युवाहरुवीच लोकप्रिय गुप्ता शालीन र भद्र स्वाभावका युवा नेताको रुपमा परिचीत छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.