logo

युवाको मधेशको इन्चार्जमा निजाम, पर्सामा गुप्ता

 इसीमाना सम्वाददाता     २०८० मंसिर २२ गते ०४: ४२ मा प्रकाशित     767   पटक पढिएको

वीरगञ्ज । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको मधेस प्रदेश इन्चार्जको जिम्मेवारी पर्साका मोहम्मद निजामले पाएका छन् ।

 

सङ्घको केन्द्रीय सचिवालय सदस्य समेत रहेका निजामलाई मधेस प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको हो । निजाम सङ्घको केन्द्रीय सचिवालय सदस्य हुँदै इन्चार्ज बनेका हुन् ।

 

मधेस प्रदेशका युवाहरूबिच निकै लोकप्रिय निजाम नेकपा एमाले मधेस प्रदेश कमिटीको सदस्य समेत हुन् । राजनीतिकसँगै समाज सेवामा पनि सर्किय निजाम पछिल्लो पटक जाजरकोटमा गएको भूकम्प पश्चात् पार्टीले गरेको निर्णयअनुसार पूर्ण निर्माणको कार्यमा पनि खटिएका थिए । त्यस्तै उनी कोरोना कालमा पनि उतिकै सक्रिय थिए ।

 

निजाम पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताका स्वकीय सचिव पनि हुन् । त्यस्तै युवा संघ नेपालको मधेश प्रदेश कमिटीको सह इन्चार्जको जिम्मेवारी भावना आचार्य र मनिष श्रेष्ठले पाएका छन् ।

 

आचार्य बाार जिल्ला निवासी हुन । नेकपा एमालेको जिल्ला कमिटीको सदस्य समेत रहेकी आचार्य जुझारु महिला नेतृ हुन । त्यस्तै पर्सा जिल्लाको युवा संघको इन्चार्जको जिम्मेवारी रवी गुप्ताले पाएका छन । युवाहरुवीच लोकप्रिय गुप्ता शालीन र भद्र स्वाभावका युवा नेताको रुपमा परिचीत छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.