logo

सत्ताधारी लोसपमा बिवाद, बरिष्ठ नेता महतोले गरे बैठक बहिष्कार,कांग्रेस पृष्ठिभूमीकालाई जिम्मेवारी दिएको आरोप

 इसीमाना सम्वाददाता     २०८० मंसिर २४ गते ०१: ४९ मा प्रकाशित     537   पटक पढिएको

काठमाडौं । सरकारमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद बढेको छ । लामो समय पछि पार्टीको केन्द्रीय समिति बैठक आव्हान भएको र त्यसमा बरिष्ठ नेता राजेन्द्र महतो अनुपस्थित भएपछि बिवाद सार्वजनीक भएको हो ।

 

बरिष्ठ नेता महतो पार्टीको केन्द्रीय समिति बिस्तार देखीनै असन्तुष्ट थिए । अध्यक्ष ठाकुरले महतोको माँग समबोधन नगरि केन्द्रीय समितिको बैठक बोलाएका हुन ।

 

विवादकै कारण बरिष्ठ नेता राजेन्द्र महतोले आज देखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । यधपी बैठक भने अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सुरु भएको छ ।

 

महत्तोले अध्यक्ष ठाकुरले एकलौटी निर्णय गरेको , कार्यशैली सुधार नगरेको र सुधार्ने कुनै संकेत पनि नदेखाएको भन्दै बैठक बहिस्कार गरेको बताएका छन् ।
‘३० वर्षदेखि मधेशमा राजनीति गरिरहेका पुराना साथीभाइलाई छुटाएर केन्द्रीय समिति विस्तार गरिएको रहेछ,’ महतोले नेपालखबरसँग भने, ‘मैले यसलाई सच्याउनुस्, गलत भयो भनेर महन्थजीसँग आपत्ति जनाएको थिएँ तर, मान्नु भएको रहेनछ।’

‘पुराना साथीहरुलाई छोड्न कसरी मिल्छरु जबकि महन्थजी कांग्रेसबाट आउनुभएको हो, उहाँले करेक्सन गर्छु भनेर कार्यान्वयन नगरेपछि विरोधस्वरुप बैठक बहिस्कार गरेँ,’ महतोले थपे।

केन्द्रीय समिति बिर देखि अन्य कतिपय निर्णय अध्यक्ष ठाकुरले एकलौटी गरेको महतोको आरोप छ । उनले पार्टीभित्र मधेसबादका लागि लडेकाहरुलाई पाखा लगाउने र पूर्व कांग्रेसबाट आएकालाई पृष्ठभूमिकै आधारमा संरक्षण गर्ने कार्यशैली मात्र अध्यक्ष ठाकुरले देखाएको महतोको आरोप छ ।

लोसपाको केन्द्रीय समिति बैठक बबरमहलको कार्की ब्यांक्वेटको जारी छ । तर महतो घरमै आराम गरि बसिरहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.