logo

कार्यकक्षको बिवादको बिषयमा बीरगंजमा महानगरमा हानाहान

 इसीमाना सम्वाददाता     २०८० मंसिर २६ गते १४: ०८ मा प्रकाशित     270   पटक पढिएको

बीरगंज । बीरगंज महानगरपालिकामा दुई पक्षवीच हानाहान भएको छ । महानगरप्रमुख राजेशमान सिंह र उपप्रमसख इम्तियाज आलम पक्षकावीचमा हानाहान भएको हो ।

 

यस अघिका प्रमुख प्रशासकीय अधिकृतको कोठा खाली भएपछि त्यसमा को बस्ने भन्ने बिषयमा बिवाद भएको हो । महानगरप्रमुख सिंह बस्ने कार्यकक्ष भएको भवनमा माथि अर्को तल्ला थपेर उनको कार्यकक्ष माथि सारे पछि उनी बस्दै आएको कार्यकक्ष खाली भएको छ ।

 

त्यही कार्यकक्षमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तयार भएर कार्यक्षक सरेको थियो । यसरी प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कार्यक्षक खाली भएको थियो ।

 

त्यो कार्यकक्षमा बीरगंज महानगरले पंजीकरण शाखा राख्ने तयारी स्वरुप तीन दिन अगाडि सामान समेत सारिएको थियो । सामान सार्दैको अवस्थामा उपप्रमुखको सचिवालयले त्यो कोठमा ताल्चा लगाएको थियो ।

 

उपप्रमुखको सचिवालयले कार्यकक्ष सारिएको बारेमा आफूहरुलाई जानकारी नभएको भन्दै ताल्चा लगाएको स्रोतले जनायो । प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठामा ताल्चा लगाएर आफ्नो सचिवालय बनाउने तयारी उपमेयरको सचिवालयले गरेको थियो ।


त्यही ताल्चा खोल्न केही वडाध्यक्षको टोली सहितले आज प्रयास गरेपछि दोहोरो हाना हान भएको प्रत्यक्षदर्शीले बताएका छन । दोहोरो हानाहान भएपछि सुरक्षा ब्यवस्था मिलाउन प्रहरी परिचालन गरिएको छ ।

 

पर्साका डिएसपी कुमार बिक्रम थापाको कमाण्डमा महानगरपरिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीका अनुसार महानगरको अवस्था अहिले शान्त रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.