logo

समाजवादी दलित मुक्ति संगठन पर्साको अध्यक्षमा पासवान चयन

 इसीमाना सम्वाददाता     २०८० पौष १५ गते ०५: ११ मा प्रकाशित     238   पटक पढिएको

बीरगंज । समाजवादी दलित मुक्ति संगठन पर्साको अध्यक्षमा नागेन्द्र हजरा पासवान चयन भएका छन । सखुवा प्रसौनी गाउँपालिकामा भएको दलीत अगुवाहरुको भेलाले पासवानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

 

 

संगठनको उपाध्यक्षमा जगत राम सचिवमा गणेश राम र सदस्यहरुमा चन्दभूषण पासवान,शान्ति देबि राम लगायतलाई चयन गरेको छ ।


नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै जसपा नेपालको राजनीतिक समिति सदस्य एबम सङ्गठनका केन्द्रिय इन्चार्ज चन्देश्वर पासवानले आगामी दिनमा संगठनलाई चुस्तदुरुत बनाउन निर्देशन दिए । जनता समाजवादी पार्टीको संघर्षका कारण दलीत समुदाय राज्य र राजनीतिको मुल प्रवाहमा सहभागिता सुनिश्चित भएको बताए ।


देश संघीयतामा गए पनि स्थानीय तहले दलितहरुको मुद्दालाई स्थानीय स्तरमा अझै सम्बोधन नगरेको बताए । दलीतका मुद्धा लिएर संगठनले स्थानीय स्तरमै दवाव र हस्तक्षेपको नीति लिनु पर्ने बताए ।

 

कार्यक्रममा पूर्व सासद चमेलि देवि दास, जसपाका राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, समाजवादी दलित मुक्ति संगठनका मधेस प्रदेश अध्यक्ष रामो महरा, सखुवाप्रसैनी गापाका पूर्व अध्यक्ष तथा पार्टी अध्यक्ष प्रदिप जयसवाल र युवानेता असलमको उपस्तिथि रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

विश्व वातावरण दिवसका अवसरमा ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड सम्पन्न

वीरगंज । विश्व वातावरण दिवस २०२४ को अवसरमा “ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड” कार्यक्रम सम्पन्न भएको छ ।

रानीघाट, सिर्सिया नदी किनारमा अर्को शव बरामद

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नम्बर ११ श्री राम जान्की मन्दिर नजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । राम जान्की मन्दिरको पश्चिम तर्फ रहेको सिर्सिया दिनको किनारमा शव फेला परेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.