logo

०४८ सालमै अदालतबाट दण्डीत केसी बने प्रदेश सांसद

 इसीमाना सम्वाददाता     २०८० फागुन ११ गते १५: ५७ मा प्रकाशित     557   पटक पढिएको

दाङ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी(डिबि)लाई रूकुम जिल्ला अदालतले एक बर्ष कैद गर्ने फैसला सुनाएको पाइएको छ ।


राधा केसीको जाहेरीमा सुनुवाइ गर्दै २०४८ साल असार ९ गते एक बर्ष कैद र दुइ हजार रूपैयाँ जरीवाना गर्ने फैसाला सुनाएको अदालत स्रोतले जानकारी दिएको छ ।

 


श्रेस्तेदार मन्दिरा शाहीले पुरानो फैसला भएकोले हेरेर मात्रै भन्न सकिने बताइन । जिप्रका रूकुम पूर्व प्रमुख अन्जना श्रेष्ठले सांसद केसीलाई अदालतले कैद सजाए सुनाएको पुष्टि गरिन् । हामीलाई केहीदिन अघि मात्रै अदालतबाट फैसला कार्यान्वयनका लागि पत्र आएको छ डीएसपी श्रेष्ठले भनिन हामीले खोजी गरिरहेका छौँ ।


३२ बर्ष अघि जेल सजाए सुनाइए पनि फैसला कार्यान्वयन भने अझैँ हुन सकेको छैन् । बरू केसी अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेर रूकुम पूर्व निर्वाचनमा प्रदेश (ख) सांसदबाट निर्वाचित भए ।

 

उनी गृह जिल्ला जाँदा प्रहरीकै सुरक्षा घेरामा हिड्ने गरेका छन् । तर,प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन् । केसीले सरकारी कागजात किर्ते गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन् । सांसद केसीले यसबिषयम भेटेर मात्रै कुरा गर्ने प्रतिक्रिया दिएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पोखरियामा नक्कली विवरणका आधारमा अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा गलत विवरणका आधारमा पूर्ण अपाङ्गताको परिचयपत्र जारी गरी सामाजिक सुरक्षा भत्ता लिएको प्रकरणमा विशेष अदालतले दुई कर्मचारीसहित तीन जनालाई दोषी ठहर गरेको छ।

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.