logo

पत्रकारितालाई पकवान जस्तो नबनाउँः राज्यमंत्री अन्सारी

 इसीमाना सम्वाददाता     २०८० फागुन १४ गते १०: १४ मा प्रकाशित     468   पटक पढिएको

बीरगंज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनराज्यमन्त्री रहबर अन्सारीले लोकतन्त्रमा पत्रकारिताले संगलो पानीको भूमिका खेल्ने बताएका छन् । पत्रकारिता दुषित भयो भने लोकतन्त्र कमजोर हुने बताउदै उनले पत्रकारितालाई पकवान जस्तो बनाउन नहुने बताए ।

युएस एडको आर्थिक सहयोग, एसिया फाउण्डेशनको नागरिक समाज र सञ्चारको सहकार्यमा हाम्रो अभियान पर्साले वीरगन्जमा आयोजना गरेको युवा, महिला र सीमान्तकृतहरुको लागि पत्रकारिता फेलोसिप समापन समारोहमा राज्यमन्त्री अन्सारीले यस्तो बताएका हुन् ।

 

उनले समाजलाई जीवित राख्नको लागि पत्रकारिताको आवश्यकता रहेको बताउदै कहिलेकाही मिडियाले पहिचान गर्न नसक्दा समाजमा समस्या उत्पन्न हुने गरेकोले यसतर्फ सञ्चारकर्मीहरु सचेत हुनुपर्ने बताए ।

महिला, युवा र सीमान्तकृत समुदायका आवाजहरुलाई सम्बोधन गराउनका लागि विभिन्न दातृ निकायको सहयोगमा हाम्रो अभियान संस्थाले खेलेको भूमिका अत्यन्त सराहनीय रहेको उनले बताए ।

हाम्रो अभियान पर्साका कार्यकारी निर्देशक शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, युएसएडका सुपरभाइजर एग्रीमेन्ट अफिसर मारिया टेलेवान्टोस द एशिया फाउण्डेशनका अजय दास , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने पर्सा अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सात महिनासम्म पत्रकारिता फेलोसिपमा सहभागि भएका १० जनालाई प्रमाणपत्र वितरण गरिएको हाम्रो अभियानका कार्यकारी निर्देशक शिवनाथ यादवले बताए ।कार्यक्रमको संचालन पत्रकार सूर्य शुभचिन्तक र पुनम चौधरीले गरेका थिए ।  

 

फेलोसीपमा सहभागि पत्रकारहरुले लेखेका समाचार सामग्री संकलन गरि तयार पारिएको पुस्तक समेत सोही समारोहमा लोकार्पाण गरिएको थियो ।

 

कार्यक्रममा पत्रकार साइमा खातुन र आनन्द पटेलले फेलोसीपका अवधीमा भोग्नु परेका समस्या , चुनौती र सीकेको सीपको बिषयमा आफनो अनुभव ब्यक्त गरेका थिए । फेलोसीप संचालनको बिधि त्यसको चुनौती प्राप्त उपलब्धी र सीकाईका बिषयमा कार्यक्रम अधिकृत सलमा खातुनले प्रकाश परेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.