logo

पत्रकारितालाई पकवान जस्तो नबनाउँः राज्यमंत्री अन्सारी

 इसीमाना सम्वाददाता     २०८० फागुन १४ गते १०: १४ मा प्रकाशित     525   पटक पढिएको

बीरगंज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनराज्यमन्त्री रहबर अन्सारीले लोकतन्त्रमा पत्रकारिताले संगलो पानीको भूमिका खेल्ने बताएका छन् । पत्रकारिता दुषित भयो भने लोकतन्त्र कमजोर हुने बताउदै उनले पत्रकारितालाई पकवान जस्तो बनाउन नहुने बताए ।

युएस एडको आर्थिक सहयोग, एसिया फाउण्डेशनको नागरिक समाज र सञ्चारको सहकार्यमा हाम्रो अभियान पर्साले वीरगन्जमा आयोजना गरेको युवा, महिला र सीमान्तकृतहरुको लागि पत्रकारिता फेलोसिप समापन समारोहमा राज्यमन्त्री अन्सारीले यस्तो बताएका हुन् ।

 

उनले समाजलाई जीवित राख्नको लागि पत्रकारिताको आवश्यकता रहेको बताउदै कहिलेकाही मिडियाले पहिचान गर्न नसक्दा समाजमा समस्या उत्पन्न हुने गरेकोले यसतर्फ सञ्चारकर्मीहरु सचेत हुनुपर्ने बताए ।

महिला, युवा र सीमान्तकृत समुदायका आवाजहरुलाई सम्बोधन गराउनका लागि विभिन्न दातृ निकायको सहयोगमा हाम्रो अभियान संस्थाले खेलेको भूमिका अत्यन्त सराहनीय रहेको उनले बताए ।

हाम्रो अभियान पर्साका कार्यकारी निर्देशक शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, युएसएडका सुपरभाइजर एग्रीमेन्ट अफिसर मारिया टेलेवान्टोस द एशिया फाउण्डेशनका अजय दास , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने पर्सा अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सात महिनासम्म पत्रकारिता फेलोसिपमा सहभागि भएका १० जनालाई प्रमाणपत्र वितरण गरिएको हाम्रो अभियानका कार्यकारी निर्देशक शिवनाथ यादवले बताए ।कार्यक्रमको संचालन पत्रकार सूर्य शुभचिन्तक र पुनम चौधरीले गरेका थिए ।  

 

फेलोसीपमा सहभागि पत्रकारहरुले लेखेका समाचार सामग्री संकलन गरि तयार पारिएको पुस्तक समेत सोही समारोहमा लोकार्पाण गरिएको थियो ।

 

कार्यक्रममा पत्रकार साइमा खातुन र आनन्द पटेलले फेलोसीपका अवधीमा भोग्नु परेका समस्या , चुनौती र सीकेको सीपको बिषयमा आफनो अनुभव ब्यक्त गरेका थिए । फेलोसीप संचालनको बिधि त्यसको चुनौती प्राप्त उपलब्धी र सीकाईका बिषयमा कार्यक्रम अधिकृत सलमा खातुनले प्रकाश परेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महुवनमा गुठीको जमीनमाथिको लामो समयदेखीको अतिक्रमण हटाइयो

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ।

सालको गोलीया सहित मान्छे  र ट्रयाक्टर बनगस्तीको नियन्त्रणमा

वीरगंज । सबैया सब डिभिजन बन कार्यालय तथा सबै साझेदारी बन उपभोक्ता समुहको गस्ती टोलीले काठ सहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.