सहयात्री समाजले आज सरोकारवालको समन्वय बैठक तथा दशैको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । ब्रहमचोक स्थित समाजको कार्यालयको सभाकक्षमा भएको बैठकमा समाजका पर्साका कार्यक्रम संयोजक समता बमले समाजले गर्दै आएको क्रियाकलापको बारेमा प्रकाश पार्नु भएको थियो ।
उहाँले मानव अधिकारका दृष्टिले पनि अधिकार बिहिन अवस्थामा रहेको यौनीक अल्पसंख्यक समुदायको पक्षमा आवाज उठाईदिन उहाँले सरोकारवालासंग अपिल गर्नु भयो ।
उहाँले स्थानीय सरकारले बनाउने बजेटमा लैगिंक समावेशीताको कुरा उठेपनि आफनो समुदायकाकालागि कुनै कार्यक्रम नसमेटिएको भन्दै उहााले गुनसो गनुृ भयो ।
उहाँले आफनो समुदाय घर परिवार र समाज हुदै सरकारबाट समेत उपेक्षामा परेको चर्चा गर्दै मानवताको ब्यवहार गर्न समेत आग्रह गर्नु भयो । उहाँले रोजगारको अभावमा यौन ब्यवसायमा लाग्नु पर्ने अवस्थाको अन्त्यकोलागि स्थानीय सरकारले जिम्मेवारी लिनु पर्ने बमको भनाई थियो ।
उहाँले पेट पाल्ने नाममा यौन सवच्छन्दतामा पनि ठिक नहुने र सहयात्री समाज त्यसको पक्षमा नरहेको बताउदै खुला यौन अपिल गर्ने र त्यस्तो काममा लाग्ने जो कोहीको बिपक्षमा समाज रहेको र त्यसतालाई कारवाही गरिनु पर्न ेआफनो धारणा रहेको बताउनु भयो ।
कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रवन्धक बसरुदिन अन्सारीले तेस्रो लिंगी समुदायमा इमान्दारीत र केयर गर्ने सीप रहेको चर्चा गर्दै आफनो शिक्षण अस्पतालमा उनीहरुको योग्यता अनुसारको जागीर दिने प्रतिवद्धता जानउनु भयो । उहाँले दश पन्ध्र जना मान्छेलाई जागिर दिने बताउनु भयो ।
कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरमा प्रहरी नीरिक्षक दीपक साहले आफू आइसके पछि ३९ जनालाई नियन्त्रणमा लिएर दण्डीत गरेता पनि उनीहरु फर्किएर यौन पेशामा लागेको बताउनु भयो । उहाँले समाजले पहलकदमी लिएपछि मात्र यस्तो समस्याको हल निस्किने बताउनु भयो ।
कार्यक्रममा नेपाल बीरगंज महानगरपालिका वडा नं ८ का वडाध्यक्ष राजकिशोर गुप्ताले स्थानीय सरकारले तेश्रोलिंगी समुदायलाई सघाउन तयार रहेको बताउनु भयो । उहाँले समाजको परम्परा मान्यता र संस्कृतिको सम्मानको वतावरण बनाउन समेत तेश्रो लिंगी समुदायलाई सुझाव दिनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपाल , नेपाल रेडक्रस सोसाइटी पर्साका उदय शर्मा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछाने बीरगंज हेल्थ केयरकी मेट्रोन भूमिका अधिकारी लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया