logo

जनता समाजवादी पार्टीमा पर्साका ३१ जना कार्यकारणीमा दुई जना

      10/22/2020 गते 00 00 मा प्रकाशित     1388   पटक पढिएको

मधेश केन्द्रीत राजनीतिक दल दल जनता समाजवादी पार्टीको केन्द्रीय समितिको एकताले पूर्णता पाएको छ । ७ सय ८५ सदस्यीय केन्द्रीय समितिको निर्माण संगै पार्टीको केन्द्रीय संरचनाले पूर्णता पाएको हो ।

 

पार्टीको केन्द्रीय कार्यकारणी समितिमा साविक राजपका २४ जना साविक समाजवादी पार्टीका २३ जना गरि ५७ जना रहेका छन । पार्टीले   केन्द्रीय कमिटी सहित  बिभिन्न बिभाग र त्यसका प्रमुखहरुको समेत टुगो लगाएको छ ।  सिंगो केन्द्रीय कमिटीमा गैर मधेशी भनेर चिनिने समुदायको संख्या झण्डै आधा रहेको छ ।

 

पर्सा जिल्ला बाट पार्टीको केन्द्रीय सदस्यमा ३१ जनाको सहभागिता रहेको छ । जस मध्य दुई जना कार्यकारणी समितिका सदस्य रहेका छन । २७ सदस्यीय कार्यकारणी समिति शक्तिशाली संरचनाको रुपमा रहेको छ । त्यसमा पर्साबाट लक्ष्मण लाल कर्ण र  प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत सदस्यका रुपमा रहनु भएको छ ।


पार्टीले केही केन्द्रीय सदस्यहरुलाई परिषदको सदस्य बनाएको छ  । प्रहलाद गिरी, सुरेन्द्र प्रसाद कुर्मी, नेजामुदिन समानी , मोहनलाल चौधरी,रमेश कुर्मी, राजेशमान सिंह, शशी कपुर मिया , शिव प्रसाद पटेल, हरिनारायण रौनीयार, डा.सुरेन्द्र तिवारीलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । त्यसैगरि पुरुषोत्तमलाल झा,रेखा घिमिरे, प्रदीप यादव,रम्भा मिश्र , रत्नबिक्रम स्याङबो ,मुन्नी श्रीवास्तव ,बालकृष्ण खानाल ,फिरोम मन्सुरी, करिमा बेगम ,जर्नादन यादव सहित ३१ जनालाई केन्द्रीय समितिमा सदस्यको रुपमा जिम्मेवारी दिएको छ । 

 


पार्टीको तर्फबाट निर्वाचित सासद बिमल श्रीवास्तव  यस भन्दा पहिलाका केन्द्रीय सदस्य मुरलीमोहन तिवारी,लक्ष्मीकान्त तिवारी केन्द्रीय सदस्यमा पर्नु भएको छैन । उहाँहरुलाई केन्द्रीय परिषदको सदस्य बनाइएको पार्टी स्रोतले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.