logo

नागरिकको न्याय र अधिकारको रक्षा गर्न नसक्ने राज्य बेकार होः पूर्वमंत्री पौडेल

      11/2/2020 गते 00 00 मा प्रकाशित     1137   पटक पढिएको

नेकपाका नेता तथा पूर्वमंत्री पुरुषोत्तम पौडेलले राजीतिको  पहिलो शर्त हो न्याय भएको बताउनु भएको छ । उपभोक्ता हित संरक्षण मंच कलैया उपमहानगर कमिटीले आयोजना गरेको शुभ कामना कार्यक्रमलाइृ सम्बोधन गर्दै पूर्व मंत्री पौडेलले न्याय दिन नसक्ने राजनीतिको अर्थ नहुने समेत बताउनु भयो ।

 

जनताको न्यायको रक्षा गर्नु राज्यको पहिलो शर्त हो जनताको अधिकारको रक्षा गर्न यदि  सक्दैन भने नागरिकको  सुरक्षा गर्न  सक्दैन भने त्यो राज्य बेकार हो भन्नु भयो ।

 

उहाँले देशको संविधानले तीन तहको सरकार बनाएको स्मरण गर्दै  संविधानले उपभोक्ता अधिकारको संरक्षणको जिम्मेवारी पनि तिनै तहको सरकारलाई दिएको बताउनु भयो ।


स्थानीय सरकारले उपभोक्ता हितको संरक्षण गर्ने काम गराएको छ कि छैन ।त्यस बिषयमा कानुन बनाएको छ  कि छैन यदि बनाएको छैन भने त्यो राज्य तपाईको अधिकार प्रती , जीवन प्रति , भबिस्य प्रती खेलवाड गरिरहेको नेता पौडेलले प्रष्ट पार्नु भयो ।


प्रदेश न.२ सरकारले त्यस्तो कानुन बनायो की बनाएन । हाम्रो प्रतिनिधित्व गर्ने सरकार हो, त्यो सरकार हामी जनताको उपभोक्ताको अधिकार प्रति सचेत छ कि छैन भन्ने कुरा आज ३ बर्ष भइ सक्यो त्यो सरकार बनेको तपाईं हाम्रो हितमा त्यसले काम गर्दैन भने त्यो नालायक सरकार हो, त्यसले हामिहरुको हित गर्दैन ।

 


नेपालीहरुको महान चाडपर्व वडा दसैं , सुभ दिपावली , सम्बत ११४० भिन्तुना तथा छठ पर्वको उपलक्ष्यमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल कलैया उपमहानगर कमिटीको आयोजनामा आयोजित उपभोक्ता सचेतना तथा चियापान र सुभ कामना आदान प्रदान कार्यक्रमका  नेता पौडेलले उपभोक्ता हितको कुरा हाम्रो राजनैतिक एजन्डा पनि रहेको बताउनु भयो  ।

 

हाम्रो अधिकार सङ्ग गासिएको बिषय भनेको उपभोक्ता हित पनि हो।यो कुनै एक व्यक्तिको नर्भइ समग्र राज्यको एजेन्डा रहेको उहाँको भनाई थियो ।

 


 उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अजय अधिकारीले छोटो समयमा मञ्चले बारा जिल्ला कलैया उपमहानगर पालिका बजारमा प्रभाव पार्न सफल भएको दाबी गर्नु भएको थियो । मञ्चले कलैया उपमहानगर सङ्ग सहकार्य गरेर उपभोक्ता ऐन पास गरेको जानकारी दिनु भयो ।

 

उहाँले  उपभोक्ता निमावली पनि बनाउन जानकारी दिदै  कलैया बजारलाई व्यवस्थित गर्न चाहे वस्तु होस वा सेवा क्षेत्रमा त्यो बजारलाई व्यवस्थित गर्न ऐनले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो।


उहाँले बिल बिजक लिने र दिने बानी बसाल्दैनौ तबसम्म हामी हरेक पाईलामा  उपभोक्ता ठगीने अवस्था रहने बताउनु भयो । 
उपभोक्ता हित संरक्षण मञ्च नेपाल कलैया उपमहानगर कमिटी अध्यक्ष नरेश मोदकको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य जयराम बराल ,नेकपाका केन्द्रिय सदस्य दिनेश राई उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय बासु खतिवडा , प्रदेश न.२ का अध्यक्ष के.सी. लामिछाने , बीरगंज महनगर कमिटी अध्यक्ष अजित कुमार भुजेल , बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल ,  नेकपाका नेता ईशवर  ढकाल , बारा जिल्लाका पुर्व सभापति छठु यादव , खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पर्साका कार्यालय प्रमुख बिक्की राउत ,  , जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पङेनी , विभिन्न राजनैतिक दलका प्रतिनिधि , उपभोक्ता कर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण उपभोक्ता हित संरक्षण मञ्च कलैया उपमहानगर कमिटीका सल्लाहकार अरुण खनालले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.