logo

संविधान  प्रदत्त अधिकार समेत कटौती गरेर प्रदेश सरकारलाई कमजोर बनाइएको मंत्री सोनलको आरोप 

      11/19/2020 गते 00 00 मा प्रकाशित     1168   पटक पढिएको

प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले हालसम्म गरेको कार्य मुल्याकंनको अवस्था सन्तोषजनक रहेको दाबी गर्नु भएको छ ।

 

मन्त्री सोनलले संघीयतामा सर्वाधिक आशा गरिएको प्रदेश सरकारलाई सर्वाधिक कमजोर बनाइएको आरोप लगाउनु भयो   । संघीय सरकारले विभिन्न कानुन निर्माण गर्दै संविधानले प्रदत्त गरेको अधिकार समेत कटौती गरेर प्रदेश सरकारलाई कमजोर बनाएको उहाँको आरोप छ ।

 

यसअघिको राज्य व्यवस्थामा पनि संघीय र स्थानीय सरकार रहेकै थिए भन्दै मन्त्री सोनलले संघीयतामा भने समस्या समाधानको प्रस्थान विन्दु प्रदेश सरकार हुने आशा गरिए पनि विभिन्न हस्तक्षेप र अधिकार कटौती गरेर कमजोर पारिएका कारण त्यसो हुन नसकेको उहाँको ठम्याई छ ।

हाम्रो अभियान पर्साले बीरगन्जस्थित होटल कुमु प्यालेसमा संघीयतामा प्रदेश सरकारको भुमिका र प्रदेश सरकारले हालसम्म गरेको काम विषयक तन्नेरीसँग मन्त्री नामक एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

 

 मन्त्री सोनलले सरकारहरुबीच समन्वय अभाव र अधिकार क्षेत्रमा गरिने अनावश्यक हस्तक्षेपले गर्दा अपेक्षाकृत रुपमा काम गर्न नसकेको अनुभव कार्यक्रममा सुनाउनु भयो  । संघीयता संस्थागत गर्नका लागि गर्नुपर्ने मुख्य कानून निर्माणकोे काम प्रदेश सरकारले गरेको मन्त्री सोनलको भनाई छ ।

 

प्रदेश सरकारले हालसम्म संघीयता प्राप्तिका लागि प्राणको आहुति दिएर शहादत्त प्राप्त गरेका शहिद र घाइतेको सम्मान र व्यवस्थापन, भौतिक संरचना र सामाजिक विकासका लागि विभिन्न निर्णयहरु गर्दै कार्यन्वयन गरेको मन्त्री सोनलले बताउनु भयो  ।

बाँकी रहेको समयमा पनि प्रदेश सरकारका विभिन्न योजनाहरुले मुर्तरुप लिने क्रममा रहेको र अझै थप काम गर्दै जाने उहाँले आश्वस्त पानुृ भयो । कार्यक्रमको विषयमा आफ्नो धारण राखे पश्चात मन्त्री सोनलले तन्नरीहरुले गरेको विभिन्न सवालहरुको पनि जवाफ दिनुभएको थियो  ।

 

हाम्रो अभियानका संयोजक शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटे, बीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, व्यवस्थित बीरगन्जका संयोजक दिलीप राज कार्की, जसपाका युवा नेता ओम प्रकाश सर्राफ, राकेश यादव, श्याम सर्राफ लगायत विभिन्न क्षेत्रका तन्नेरीहरुको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

दशैंअघि नै पर्सामा पुर्जा वितरण, भूमि समस्या समाधान आयोगको तयारी तीव्र

वीरगञ्ज ।  भूमि समस्या समाधान आयोगले दशैंअघि नै पर्सा जिल्लाका भूमिहीन तथा दलित समुदायलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ।

वीरगंजका शिक्षण संस्था १७ गते सम्मकालागि बिदा,सरसफाईका मापदण्डहरु परिपालन गर्न महाशाखाको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले फेरी पनि भदौ १७ गते  सम्मकालागि वीरगंजका सामुदायिक एवं संस्थागत बिद्यालयको बिदा बढाएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.