logo

संविधान  प्रदत्त अधिकार समेत कटौती गरेर प्रदेश सरकारलाई कमजोर बनाइएको मंत्री सोनलको आरोप 

      11/19/2020 गते 00 00 मा प्रकाशित     1350   पटक पढिएको

प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले हालसम्म गरेको कार्य मुल्याकंनको अवस्था सन्तोषजनक रहेको दाबी गर्नु भएको छ ।

 

मन्त्री सोनलले संघीयतामा सर्वाधिक आशा गरिएको प्रदेश सरकारलाई सर्वाधिक कमजोर बनाइएको आरोप लगाउनु भयो   । संघीय सरकारले विभिन्न कानुन निर्माण गर्दै संविधानले प्रदत्त गरेको अधिकार समेत कटौती गरेर प्रदेश सरकारलाई कमजोर बनाएको उहाँको आरोप छ ।

 

यसअघिको राज्य व्यवस्थामा पनि संघीय र स्थानीय सरकार रहेकै थिए भन्दै मन्त्री सोनलले संघीयतामा भने समस्या समाधानको प्रस्थान विन्दु प्रदेश सरकार हुने आशा गरिए पनि विभिन्न हस्तक्षेप र अधिकार कटौती गरेर कमजोर पारिएका कारण त्यसो हुन नसकेको उहाँको ठम्याई छ ।

हाम्रो अभियान पर्साले बीरगन्जस्थित होटल कुमु प्यालेसमा संघीयतामा प्रदेश सरकारको भुमिका र प्रदेश सरकारले हालसम्म गरेको काम विषयक तन्नेरीसँग मन्त्री नामक एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

 

 मन्त्री सोनलले सरकारहरुबीच समन्वय अभाव र अधिकार क्षेत्रमा गरिने अनावश्यक हस्तक्षेपले गर्दा अपेक्षाकृत रुपमा काम गर्न नसकेको अनुभव कार्यक्रममा सुनाउनु भयो  । संघीयता संस्थागत गर्नका लागि गर्नुपर्ने मुख्य कानून निर्माणकोे काम प्रदेश सरकारले गरेको मन्त्री सोनलको भनाई छ ।

 

प्रदेश सरकारले हालसम्म संघीयता प्राप्तिका लागि प्राणको आहुति दिएर शहादत्त प्राप्त गरेका शहिद र घाइतेको सम्मान र व्यवस्थापन, भौतिक संरचना र सामाजिक विकासका लागि विभिन्न निर्णयहरु गर्दै कार्यन्वयन गरेको मन्त्री सोनलले बताउनु भयो  ।

बाँकी रहेको समयमा पनि प्रदेश सरकारका विभिन्न योजनाहरुले मुर्तरुप लिने क्रममा रहेको र अझै थप काम गर्दै जाने उहाँले आश्वस्त पानुृ भयो । कार्यक्रमको विषयमा आफ्नो धारण राखे पश्चात मन्त्री सोनलले तन्नरीहरुले गरेको विभिन्न सवालहरुको पनि जवाफ दिनुभएको थियो  ।

 

हाम्रो अभियानका संयोजक शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटे, बीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, व्यवस्थित बीरगन्जका संयोजक दिलीप राज कार्की, जसपाका युवा नेता ओम प्रकाश सर्राफ, राकेश यादव, श्याम सर्राफ लगायत विभिन्न क्षेत्रका तन्नेरीहरुको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.