logo

बिन्दवासीनी चौरसिया हत्या प्रकरण, केन्द्रीय नेता सहित १५ बिरुद्ध पक्राउ पूर्जी जारी,अनुसन्धानकालागि प्रसौनीबाट गद्धी गिरफ्तार

      11/23/2020 गते 00 00 मा प्रकाशित     1550   पटक पढिएको

प्रहरीले बिन्दवासीनी गाउँपालिकाको वडा नं ५ प्रसौनी बाट शवदिन राउत गद्धीलाई गिरफ्तार गरेको छ । कार्तिक ६ गते सोही ठाउमा  भएको नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परि मृत्यु भएका नेकपाका नेता मुकेश चौरसियाको हत्या प्रकरणसंग जोडिएर उनको गिरफ्तारी भएको प्रहरी स्रोतको भनाई छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलीले उनलाई घरबाटै गिरफ्तार गरेको हो । गुडिया देवीले दिएको किटानी जाहेरीमा शवदिन राउत गद्धीको नाम उल्लेख छ । राउत  चौरसिया हत्या प्रकरणका एक जना प्रतिवादी हुन पर्सा प्रहरीका प्रवक्ता मनोजीत कंवरले भन्नु भयो “त्यही केशमा अनुसन्धान प्रयोजनाकालागि राउतलाई गिरफ्तार गरिएको हो ” ।


गुडिया देवीले दिएको किटानी जाहेरी दर्ता भएर पक्राउ पूर्जी जारी भएपछि प्रहरीले गिरफ्तारी शुरु गरेको स्रोतको दावी छ । नेकपा विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा नेकपाका केन्द्रीय नेता नागेन्द्र चौधरी रामचन्द्र साह सहित १५ जना बिरुद्ध अनुसन्धान गर्न पर्सा प्रहरीले निर्देशन पाएको थियो।

 

 प्रहरीले त्यही मुद्धा दर्ता गरेपछि पक्राउ पूर्जी जारी भएको हो ।१५ जना प्रतिवादी बिरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजीत कुंवरले पुष्टि गर्नु भयो । यो भन्दा अगाडि संविधान सभाका सदस्य राजकुमार गुप्ता सहित अन्यका बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको थियो ।  

 

नेकपाको केन्द्रीय कमिटीका सदस्य एवं प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरी , पार्टीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह , पार्टीको प्रदेश कमिटीका सदस्य छोटेलाल यादव, पार्टीको जिल्ला कमिटीका सदस्य बिक्रम चौरसिया सहितका नेताहरुका बिरुद्ध पक्राउपूर्जी जारी भएको हो । स्रोतका अनुसार पाँच दिन पहिला नै पक्राउ पूर्जी जारी भएको थियो ।  यसैवीच हिजो गिरफतार गरिएका अखिलेश चौरसियालाई अनुसन्धानकोलागि न्यायीक हिरासतमा राख्न प्रहरीले पर्सा जिल्ला अदालत मार्फत म्याद लिएको छ । अव चौरसिया हत्या प्रकरण न्यायीक फैसलाकालागि अदालती प्रक्रियामा प्रवेशको नजिक पुगेको छ । 

 

त्यसैगरि बिन्दवासीनी गाउँपालिकाका परशुराम यादव, चंचल यादव,होदा राउत गदी,महादेव चौहान,कलसरीफ राउत गदी,सभासद राउत गदी,सवादिन राउत गदी ,रुषत्तम राउत गदी,मोहन यादव,जितेन्द्र चौरसिया र समन साह बानिया बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ  । 


किटानी जाहेरी दिने गुडिया देवीले  उत्तम तिवारी, पुकार तिवारी भन्ने चिन्टु तिवारी र मुकेश चौरसियालाई मार्ने उद्धेश्यले जाहेरीमा उल्लेख गरिएका प्रतिवादीहरुले आक्रमण गरेको दावी लिनु भएको छ ।

 

उहाँले घाइते भएका चौरसियाको मृत्यु भएको र अन्य घाइतेको उपचार भइरहेको भन्दै  कारवाहीको माँग गर्नु भएको हो । बिपक्षीहरुले घेराहाली आक्रमण गरेको उहाँको दावी छ । 

यस अघि प्रहरीले चौरसियाको हत्या आरोपमा घाइते रहेका उत्तम तिवारीलाई भने गिरफ्तार गरेको छ । चौरसियाका भाई महेश चौरसियाले दिएको किटानी जाहेरीमा राजकुमार गुप्ता सहितका ब्यक्तिहरुले हत्या गरेको दावी लिइएको छ । यद्धपी राजकुमार गुप्ता घटना स्थलमा नभएको उनीहरुले नै बताउने गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.