logo

बिधि र पद्धतीलाई समाएर अघि बढेमा जस्तो सकै अप्ठयारो परिस्थितिको सामना गर्न सकिन्छः नेता नेपाल

      11/25/2020 गते 00 00 मा प्रकाशित     1167   पटक पढिएको

नेकपाका बरिष्ठ नेता पूर्व प्रधानमंत्री माधव कुमार नेपालले बिधि र पद्धतीलाई समाएर अघि बढेमा जस्तो सकै अप्ठयारो परिस्थितिको सामना गर्न सकिने बताउनु भएको छ ।

 

बुधवार बीरगंजमा नेपाल निजामति कर्मचारी संगठन पर्साको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । 


नेता नेपालले पार्टीलाई सभाफा राख्नु पर्ने बिचार ब्यक्त गर्दै फोहरको डंगुर भएको पार्टीलाई  बहिष्कार गरिनु पर्ने धारणा राख्नु भयो । उहाँले सिङ्गो इतिहास बोकेका नेताहरु वर्तमान नेकपामा रहेकोले कुनैपनि समस्यालाई विधि सम्मत समाधान गर्दै जाने समेत बताउनुभयो ।


उहाँले भेदभाव, उत्पीडिनबाट मुक्त समानतामा अधारित न्यायपूर्ण समाजाको निर्माण नै  समाजबादको उद्धेश्य रहेको चर्चा गर्दै नेता नेपालले देशमा नीति तथा सहकारी पूजंीको बिकास गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।

 

उहाँले राष्ट्रीय उत्पादनमा  उल्लेख्य बृद्धि गर्दै भ्रष्टचारबबिरुद्ध पार्टी र सरकार एक हुनु पर्ने बताउनु भयो । उहाँले सुशासनको अवरोधक रहेका हरेक कुरालाई कानुन बनाएर भएपनि हटाएर सुशासनको प्रत्याभूती गर्नु पनेृ बताउनु भयो । 


नेता नेपालले वीरगञ्ज वडा नम्बर १२ स्थित जिल्ला समन्वय समितीको दक्षिणपट्टि रहेको दुईतल्ले भवनको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा आफू प्रधानमंत्री हुदा कर्मचारीहरुको हितमा केही  काम गरेको धारणा राख्नु हुँदै मुलुकले भ्रष्टाचारबाट त्राण खोजेकोले कर्मचारीले बिशेष ध्यान दिनु पर्ने बताउनु भयो । 

उहाँले हत्या, हिंसा, बलात्कार गर्नेहरुलाई कुनैपनि अर्थमा नछाडिने दृढता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा आधिकारिक ट्रेड यूनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले निजामित कर्मचारीहरुको अधिकार संकुचित गर्ने कुनैपनि हर्कत आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुहुँदै कर्मचारीहरुको हितको पक्षमा काम गर्ने संगठन निजामित कर्मचारी संगठन नै भएको जिकिर गर्नुभयो ।

 

नेपाल निजामित कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन चापागाई, नेकपा पर्सा अध्यक्ष प्रभु हजरा, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्ग, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियानेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

सो समारोहमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने संगठनको पर्साका पूर्व अध्यक्षहरुभूवनेश्वर दत्त उपाध्याय, रामदेव दास, इश्वरी ढकाललगायतलाई सम्मान समेत गरिएको थियो । उक्त समारोहमा नेकपाका नेता नागेन्द्र चौधरी, सांसदहरु पुष्प कर्ण, शेष चाँद तारा, चिरञ्जिवी आचार्य, बालगोपाल थापा, बिचारी यादव ,पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनीयार ,पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी, जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित चौधरी, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने नेकपाका युवा नेता मनोज चौधरी  लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत भाषण कर्मचारी युनियनका अध्यक्ष सुबेदार यादवले गनुृ भएको थियो । भने कार्यक्रमको सञ्चालन सन्तोष यादवले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.