logo

प्राविधिक टोली लिएर अर्थमन्त्रीसहित काठमाडौं–निजगढ फाष्ट ट्रयाक निरीक्षणमा प्रधानमन्त्री ओली

 इसीमाना सम्बाददाता      २०८१ सावन २१ गते १७: ०७ मा प्रकाशित     620   पटक पढिएको

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित काठमाडौं–निजगढ फाष्ट ट्रयाकको निरीक्षण गरेका छन।

प्रधानमन्त्री ओली, आज उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल, मुख्य सल्लाहकार बिष्णु रिमालसहित सरकारी टोली लिएर फाष्ट ट्र्याकको निरीक्षणमा गएका हुन। फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले गरिरहेको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालका अनुसार प्रधानमन्त्री ओलीले फास्ट ट्रयाकमा भइरहेको ढिलाई र कामलाई तीब्रता दिएर समयभित्रै सम्पन्न गराउने चाहनासहित निरीक्षण गरेका हुन ।


प्रधानमन्त्रीले निजगढ–काठमाडौंतर्फको लेनडाँडा सुरुङमार्गको लेनडाँडा इलाकामा निर्माणाधीन सुरुङ, जीतपुर खोला पुल तथा धोद्रे सुरुङको निकास क्षेत्रको निरीक्षण गरेका छन।


काठमाडौं–निजगढतर्फको धोद्रे सुरुङको पनि प्रधानमन्त्रीले निरीक्षण गरे । सो सुरुङको ब्रेक थ्रु भइसकेको छ । प्रधानमन्त्रीले धोद्रे इलाकामा निर्माणाधीन पुल तथा द्रुतमार्गका संरचनाहरूको पनि निरीक्षण गरेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.