logo

विकास र समृद्धिको प्रश्नले मात्र जनतालाई बाँधेर राख्न सकिदैनः महासचिव पोख्रेल

 इसीमाना सम्बाददाता      २०८१ सावन २३ गते १७: ४२ मा प्रकाशित     460   पटक पढिएको

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलेले विकास र समृद्धिको प्रश्नले मात्र जनतालाई बाँधेर राख्न नसक्ने बताएका छन ।


बुधबार आयोजित पार्टीको जनसंगठन संयन्त्रको बैठकमा बोल्दै महासचिव पोखरेलले पछिल्लो अवधिमा शेख हसिनाको नेतृत्वमा बङ्गलादेशले गरेको विकास र समृद्धि दक्षिण एसियाकै नमुना विकास भएको बताए ।

त्यति हुँदाहुँदै पनि हसिनाले देशबाटै लखेटिनु पर्ने स्थिति आएको पोखरेलले बताए । ‘एउटा मुद्दाले उहाँले देश छाड्नु पर्‍यो’, पोखरेलले भने त्यो घटनाले राजनीति गर्नेले जनभावनालाई आत्मसाथ गर्नुपर्ने शिक्षा दिएको छ ।

‘जनभावनालाई आत्मसाथ गर्ने कुरा राजनीति गर्नेका लागि महत्त्वपूर्ण शिक्षा हो भन्ने कुरा देखाउँछ, विकास र समृद्धिका मुद्दाले मात्रै सबै कुरा हल हुँदैन’, पोखरेलले भने।


आज बङ्गलादेशमा जुन प्रकारको राजनीतिक परिवर्तन भएको छ, त्यो अस्वाभाविक भएको पोखरेलले बताए । तर जनताले नै अस्वीकार गरेपछि शासन गर्ने अर्को आधार हुन नसक्ने उनले प्रष्ट पारे ।

बङ्गलादेशमा चुनावको बेला दुईतिहाई मत ल्याउन सफल पार्टीले केही समय पछि सत्ता छाड्नु पर्ने स्थिति आउनु जनताको मुड कतिखेर परिवर्तन हुन्छ भन्ने कुरा भन्न नसकिने उदाहरण भएका पोखरेलले सुनाए ।


एउटा घटनाले जनताको भावना कति चाँडो परिवर्तन हुन सक्छ भन्ने कुरालाई सधैँ ख्याल राख्नु पर्ने पोखरेलको भनाई छ । यस्तो परिस्थितिलाई विश्लेषण गरेर जनसंगठनहरुलाई पार्टीलाई बेलाबेलामा सुझाव दिन पोखरेलले आग्रह गरे ।


पोखरेलले नेपाल र बङ्गलादेशको अवस्था फरक रहेको पनि बताए । बङ्गलादेशमा एकल शक्ति निर्माण भइसकेको अवस्था भएको बताउँदै पोखरेलले नेपालमा बलियो स्वीकार्य राष्ट्रिय शक्ति समेत बन्न नसकेको स्पष्ट पारे ।

‘यहाँ शक्ति नै बनेको छैन, त्यहाँ शक्ति केन्द्रिकरण भएर दुरुपयोग भयो भन्ने कुरा हो’, उनले भने ।


सामाजिक मनोविज्ञानलाई प्रभाव पार्ने विषय भने सबै ठाउँमा कुनै न कुनै हिसाबले उस्तै हुने कुरामा भने सचेत हुनु पर्ने पोखरेलले बताए । त्यसले सामाजिक सञ्जाललाई सही बाटोमा डोर्‍याउने कुरामा जनसंगठनको भूमिका महत्त्वपूर्ण हुने उनले स्पष्ट पारे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.