logo

विकास र समृद्धिको प्रश्नले मात्र जनतालाई बाँधेर राख्न सकिदैनः महासचिव पोख्रेल

 इसीमाना सम्बाददाता      २०८१ सावन २३ गते १७: ४२ मा प्रकाशित     334   पटक पढिएको

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलेले विकास र समृद्धिको प्रश्नले मात्र जनतालाई बाँधेर राख्न नसक्ने बताएका छन ।


बुधबार आयोजित पार्टीको जनसंगठन संयन्त्रको बैठकमा बोल्दै महासचिव पोखरेलले पछिल्लो अवधिमा शेख हसिनाको नेतृत्वमा बङ्गलादेशले गरेको विकास र समृद्धि दक्षिण एसियाकै नमुना विकास भएको बताए ।

त्यति हुँदाहुँदै पनि हसिनाले देशबाटै लखेटिनु पर्ने स्थिति आएको पोखरेलले बताए । ‘एउटा मुद्दाले उहाँले देश छाड्नु पर्‍यो’, पोखरेलले भने त्यो घटनाले राजनीति गर्नेले जनभावनालाई आत्मसाथ गर्नुपर्ने शिक्षा दिएको छ ।

‘जनभावनालाई आत्मसाथ गर्ने कुरा राजनीति गर्नेका लागि महत्त्वपूर्ण शिक्षा हो भन्ने कुरा देखाउँछ, विकास र समृद्धिका मुद्दाले मात्रै सबै कुरा हल हुँदैन’, पोखरेलले भने।


आज बङ्गलादेशमा जुन प्रकारको राजनीतिक परिवर्तन भएको छ, त्यो अस्वाभाविक भएको पोखरेलले बताए । तर जनताले नै अस्वीकार गरेपछि शासन गर्ने अर्को आधार हुन नसक्ने उनले प्रष्ट पारे ।

बङ्गलादेशमा चुनावको बेला दुईतिहाई मत ल्याउन सफल पार्टीले केही समय पछि सत्ता छाड्नु पर्ने स्थिति आउनु जनताको मुड कतिखेर परिवर्तन हुन्छ भन्ने कुरा भन्न नसकिने उदाहरण भएका पोखरेलले सुनाए ।


एउटा घटनाले जनताको भावना कति चाँडो परिवर्तन हुन सक्छ भन्ने कुरालाई सधैँ ख्याल राख्नु पर्ने पोखरेलको भनाई छ । यस्तो परिस्थितिलाई विश्लेषण गरेर जनसंगठनहरुलाई पार्टीलाई बेलाबेलामा सुझाव दिन पोखरेलले आग्रह गरे ।


पोखरेलले नेपाल र बङ्गलादेशको अवस्था फरक रहेको पनि बताए । बङ्गलादेशमा एकल शक्ति निर्माण भइसकेको अवस्था भएको बताउँदै पोखरेलले नेपालमा बलियो स्वीकार्य राष्ट्रिय शक्ति समेत बन्न नसकेको स्पष्ट पारे ।

‘यहाँ शक्ति नै बनेको छैन, त्यहाँ शक्ति केन्द्रिकरण भएर दुरुपयोग भयो भन्ने कुरा हो’, उनले भने ।


सामाजिक मनोविज्ञानलाई प्रभाव पार्ने विषय भने सबै ठाउँमा कुनै न कुनै हिसाबले उस्तै हुने कुरामा भने सचेत हुनु पर्ने पोखरेलले बताए । त्यसले सामाजिक सञ्जाललाई सही बाटोमा डोर्‍याउने कुरामा जनसंगठनको भूमिका महत्त्वपूर्ण हुने उनले स्पष्ट पारे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.