logo

सरकार बिरुद्ध बीरगंजमा नेपाली कांग्रेसको भब्य प्रर्दशन, सर्वसत्तावाद चल्न नदिने उद्धघोष

      12/14/2020 गते 00 00 मा प्रकाशित     819   पटक पढिएको


नेपाली कांग्रेस पर्साले सरकार बिरुद्ध भब्य प्रर्दशन तथा कोण सभा सम्पन्न गरेको छ । नेपाली कांग्रेसले देशब्यापी प्रर्दशनको निर्णय गरे अनुसार बीरगंजमा प्रर्दशन गरेको हो । 

नेपाली कांग्रेसले २६ मंसीरमा ओली सरकार सर्वसत्तावादी तथा निरंकुश भएको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै  बिरोध प्रर्दशन गर्ने निर्णय गरेको थियो ।

 

तनहुमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले केही घण्टा नियन्त्रणमा लिएको घटना पछि कांग्रेस सरकारका बिरुद्ध आन्दोलीत भएको हो । 

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, स‌ंवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै आज बीरगंजमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले बताउनु भयो । 


वर्तमान सरकार देशमा बढेको बेरोजगारको अवस्थाबाट बेखवर भएकोले युवाहरुमा निराशा देखिएको युवा नेता दीलीप कार्कीले टिप्पणी गर्नु भयो ।

सरकारको ताल देखेर युवाहरुमा निराशा छ यो निराशालाई आशामा रुपान्तरित गर्न नेपाली कांग्रेसले मात्र सक्ने कार्कीको भनाइ छ 

सरकार बिरोधी नारा लगाउदै नेपाली कांग्रेसले बीरगंजको घण्टाघरबाट प्रर्दशन गरेको थियो । शहरका मुख्य भागको परिक्रमा गरि जुलुश घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई नेपाली कांग्रेसका केन्द्रीय अनुशासन बिभागका प्रमुख रमेश रिजाल, मधेश बिभागका प्रमुख अजय कुमार चौरसिया , पूर्व मंत्री सुरेन्द्र चौधरी,संविधान सभाका सदस्यहरु राजेन्द्र बहादुर अमात्य, अनिल रुङगटा,रामेश्वर रौनीयार प्रदेश सभाका सदस्यहरु राजेश्वर साह र शंकर चौधरी बीरेन्द्रलाल नेपाली लगायतले सम्बोधन गर्नु भएको थियो । वक्ताहरुले ओली सरकार लोकतन्त्र बिरोधी रहेको बताएका थिए ।

 

उनीहरुले प्रजातन्त्रको मर्म बिपरित सरकार चलेको आारेप लगाए । सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै वक्ताहरुले नागरिकले सरकारबाट केही नपाएको आरोप लगाएका थिए । 


कार्यक्रम नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । 
कार्यक्रममा नेपाली कांग्रेसका पर्साका नेता तथा अन्य भातृसंस्थाका नेता कार्यकर्ताको उललेख्य सहभागिता रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.