logo

बर्तमान सरकार काण्डैकाण्डको गठबन्धनबाट बनेको होः जसपा अध्यक्ष यादव

 इसीमाना सम्बाददाता      २०८१ भदौ १७ गते १४: २८ मा प्रकाशित     570   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काङ्ग्रेस र कम्युनिस्टहरुले यो मुलुक चलाउन नसक्ने बताएका छन । उनले पार्टीको बिशेष अभियानको आइतवार बीरगंजको नगरसभागृहमा शुभारम्भ गर्दै यस्तो बताएका हुन ।


कांग्रेस र कम्युनिष्टहरु भ्रष्टतन्त्रमा लिप्त भएकोले उनीहरुले जनताले राहत पाउने कुनै तन्त्र ल्याउन नसक्ने ठोकुवा गरे ।


लामो समय सरकारमा बसेका असपा अध्यक्ष यादवले देशको शिक्षा नीति कामै नलाग्ने बताए । उनले ब्यपार नीति पनि बेठीक स्वास्थ्य नीति पनि खत्तम भएको बताए ।

 

सबै नीति बेठीक भएकै कारण युवाहरु बिदेशीनु परेको बताए ।

 

उनले बिभिन्न काण्डका बारेमा जनताले सुनिरहेको चर्चा गर्दै अहिलेको गठबन्धन काण्डैकाण्डको गठबन्धन भएको बताए ।

 

उनले आज सरकारी सेवामा मधेशी युवाको उपस्थितिको अवस्था सुनिश्चित भएको चर्चा गर्दै यो उपलब्धी मधेश आन्दोलनले दिएको बताए ।

 

उनले अबको सरकारले देशमा दुइदलिय साम्राज्य बनाउन लागिपरेको बताए ।

 

देशमा गरिएको विभिन्न आन्दोलन दुई दलिय ब्यवस्थाकोलागि गरेको नभई बहुदलीय ब्यवस्थाको लागि गरिएको बताउदै अब देशमा संविधान र संघीयता जोगाउनु सबैको प्रमुख भुमिका हुनुपर्ने उनले बताए ।


संबिधानमा आफ्नो आपत्तिरहेको यथार्थ सबैको सामुनै छ उनले भने संविधान लाई सबैको लागि बनाउन संशोधन गर्नु पर्छ ।

 

जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपतिकने ब्यवस्थाले मात्र देशमा स्थिरता हुने बताए।

 

उनले अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नु पर्ने , न्याय प्रणालीको संरचना परिवर्तन गर्नु पर्ने , जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउन जरूरी रहेको बताए ।

 

काग्रेस एमालेले यो देशमा केही गर्न सक्दैन्न उनले भने त्यसैले अब परिवर्तन ल्याउनु पर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा जसपाका महासचिव उपाध्यक्ष राजकिशोर यादव ,लालबाबु राउत कुर्मी ,पूर्वमुख्यमंत्री सरोज यादवले मन्तब्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रम पार्टीका पर्सा अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको जिल्ला सचिव तवरेज अहमदले जनाकारी दिए

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.