logo

प्रमुख स्तरिय निर्णय भन्दै निजगढमा कर्मचारी माँग, उपप्रमुखद्वारा गैरकानूनी काम भन्दै नगरपालिकामा तालाबन्दी

      12/17/2020 गते 00 00 मा प्रकाशित     966   पटक पढिएको

निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालको एकलौटीर हैकमवादी प्रवृतिले सीमा नाघे पछि उपप्रमुख सहितका जनप्रतिनिधि बिद्रोहमा उत्रिएका छन ।

 

प्रमुख स्तरीय निर्णय भन्दै नगरपालिकाले गत मंसिर २९ गते कर्मचारीको करार नियुक्तिाकालागि दरखास्त आह्वान गरेको थियो । तर बिद्दाप माँग भएको भोली पल्ट नगरपालिकाले  २ अधिकृतको विज्ञापन रद्द गरेको छ । 

 

नगरले मेडिकल र कानुन अधिकृत १ १ तथा स्टाप नर्स, सर्वेक्षक १ १ र २ जना अमिनको लागि भनि ५ पदका निम्ति सार्बजनिक सुचना गरेकोमा मेडिकल र कानुन अधिकृत पदको विज्ञापन भने हाललाई स्थगित गरेको प्रमुख प्रशाशकिय अधिकृत सुमनकुमार कार्कीले जानकारी दिनु भयो  । 

 

उनले नगरप्रमुख सुरेश खनालको एकल निर्णयअनुसार उक्त पदमा दरखास्त आह्वान गरिएको र पुन नगर प्रमुखकै आदेशमा विज्ञापन स्थगित गरिएको बताउनु भयो  ।नगरप्रमुखले कार्यपालिकालाई बाइपास गरि मनोमानी रुपमा बिज्ञापन आव्हान गरेकोमा उपप्रमुख सहित  बहुमत सदस्यहरुको असहमती रहेको छ । उनीहरु यस्ता महत्वपूर्ण निर्णयहरु कार्यपालिकाको बैठकबाट लिइनु पर्ने अडानमा छन । प्रमुख खनाल भने कार्यपालिका छलेर हैकमवादी रुपमा अघि बढ्न खोजेको आरोप छ । 


नगरप्रमुख र कार्यकारी प्रमुखले बोर्डको अपमान गर्दै एक्लौटी गर्न थालेपनि जनप्रतिनिधिहरुले आज नगरपालिकामा आधी घण्टा सम्म तालाबन्दी गरेर बिरोध जनाएका छन । उनीहरुले प्रमुखले आफनो कदम नसच्याए थप आन्दोलनको चेतावनी दिएका छन । उपप्रमुख लिला लामिछाने खनालको तेतृत्वमा जवप्रतिनिधिहरु बिद्रोहमा उत्रिएका हुन । 


उपप्रमुख खनालले एक बिज्ञप्ति प्रकाशीत गरि  नगरस्तरीय निर्णयको नाममा नगर प्रमुख र कार्यकारी अधिकृतले कर्मचारी भर्नासम्बन्धी सूचना प्रकाशन गर्ने काम नगरपालिका प्रशासकीय कार्यविधि ( नियमित तथा ब्यवस्थित गर्ने ) ऐन २०७७ बिपरित रहेको उल्लेख गर्नु भएको छ ।  नगरसभाले कृषि क्षेत्रको बिकासकालागि प्राविधिकि कर्मचारीको आवश्यकता महशुस गरि करारमा भर्ना गर्ने निर्णय गरेको स्मरण गराउदै उहाँले त्यो बाहेकका अन्य पदमा गैरकाननुी  बिज्ञापन निकालिएकोले फिर्ता हुनु पर्ने उल्लेख गनुृ भएको छ । 


यसैवीच नगरप्रमुख खनालले समेत एक बिज्ञप्ति प्रकाशीत गरि नगरसभाको निर्णय प्रमुख प्रशासकीय अधिकृतले कार्यान्वयन गर्ने भन्दै आफनो निर्णयको बचाउ गर्नु भएको छ । उहाँले ठेकेदारहरुले दिएको निवेदनको आधारमा सम्बन्धीत शाखाको सिफारिशमा म्याद थप गरिएको समेत उल्लेख गर्नु भएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.