logo

३१ को दलीतवस्तीमा न्यानो कपडा बितरण ,१४मा बिकास निर्माणको कामको अनुगमन 

      12/19/2020 गते 00 00 मा प्रकाशित     1219   पटक पढिएको

चिसो बढेसंगै न्यानो कपडा बितरण पनि शुरु भएको छ । चिसोको कारण  गरिब ज्येष्ठनागरिक तथा वालवालिकालाई निकै सास्ती हुने गरेको छ ।

 

आशाकिरण केन्द्र बीरगंजले त्यस्तै गरिब बिपन्न नागरिककालागि सहयोग गरेको छ । केन्द्रको सहयोगमा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बीरगंज महानगरपालिकाको वडा नं ३१ मा कम्बल बितरण गर्नु भएको छ । 

 चिसोबाट जोगाउनकालागि  वीरगंज महानगरपालिकाको वडा नम्बर ३१ का लक्षमिपुर मुसहर बस्ती र नैका टोलका दलित वस्ती, बेल्वामा १३० थान कम्बल र बालबालिकाहरुको लागि न्यानो कपडा बितरण गरिएको हो ।

 

 आशा किरण केन्द्रका अध्यक्ष सुनिल गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रका सचिव राजन श्रीवास्तव, कोषाध्यक्ष सन्दिप मोहता, सदस्य डा.अशोक दास, सुमिर कुमार, अनिल चौधरी,  लगायत स्थानीय बादिन्दाहरुको उपस्थिति रहेको थियो । 

यसैवीच वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले महानगरको वडा नम्बर १३ मा भईरहेको विकास निर्माणको अनुगमन निरीक्षण गर्नुभएको छ ।

 

आज एका बिहानै बीरगंज वार्ड नम्बर १३ मुर्लीमा भईरहेको विकास निर्माणको गुणस्तर तथा कार्य प्रगतिको बारेमा अनुगमन गर्नुभएको हो । अनुगमन निरीक्षण गर्दै महानगरपालिकाको काममा जनताले कही कतै गुनासो राख्ने ठाउँ नदिईकन विकास निर्माण गुणस्तरीय बनाउन उहाँले आग्रह गर्नुभयो ।

 

विकास निर्माणको काममा भ्रष्टाचार भएको, कमसल निर्माण सामग्री प्रयोग गरेको तथा गुणस्तरहिन काम गरेको जस्ता गुनासोहरु आउने हुँदा त्यो अवस्था आउन नदिनका लागि स्थानीयस्तरबाट पनि खबरदारी जरुरी रहेको बताउनुभयो ।

 

अनुगमन निरीक्षणमा नगरप्रमुख बिजय कुमार सरावगी सहित प्रदेश सभा सदस्य जन्नत अंसारी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शशिकपुर मियां र वडा नम्बर १३ का वडा अध्यक्ष तुफान फारुक अंसारी लगायतको उपस्थिति रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.