logo

संसद बिघठनको बिरोधमा सत्ताधारी दलनै सडकमा , निर्णय सच्याउनु पर्ने माँग

      12/20/2020 गते 00 00 मा प्रकाशित     1095   पटक पढिएको

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बिरुद्ध बीरगंजमा सत्ताधारी दलको प्रचण्ड नेपाल पक्षले बिरोध प्रर्दशन गरेको छ ।

 

पार्टी भित्रको बिवादले चर्को रुप लिएपछि संसद बिघठनको बाध्यात्मक अवस्था आएको ओली पक्षले तर्क गरिरहदा अर्को पक्ष भने निर्णयको बिरोधमा सडकमा उत्रिएको छ । मध्य तराईका बारा पर्सामा प्रतिनिधि सभा बिघठनको सिफारिश बिरुद्ध प्रर्दशमा उत्रिएका नेकपा नेता कार्यकर्ताले प्रधानमंत्री ओलीको कदमलाई असम्बैधानिक भन्दै आलोचना गरेका छन । 

 


बीरगंजमा भएको प्रर्दशनमा पार्टीका पर्सा जिल्ला सचिव बिजय महतो, शम्भु गुप्ता , मनोज चौधरी ,छोटेलाल यादव रहलर अन्सारी लगायतका नेताहरुले नेतृत्व गरेका थिए । 


उनीहरुले  वीरगञ्जको घण्टाघर चोकमा प्रधामन्त्री ओली र राष्ट्रिपती भण्डारी विरुद्ध नाराबाजी लगाउँदै प्रदर्शन गरेका हुन् । नेताहरुले संसद विघटनको निर्णय तत्काल फिर्ता लिन पनि माँग गरेका थिए ।


बीरगंजमा जनता समाजवादी पार्टीले पनि संसद बिघठनको बिरुद्ध प्रर्दशन गरेको छ । पार्टीका बरिष्ठ नेता लक्षमणलाल कर्णको नेतृत्वमा उनीहरुले प्रर्दशन गरेका हुन । 

 

विभिन्न राजनीतिक दल, संविधानविदलगायतले सामाजिक सञ्जाल मार्फत सरकारी कदमको विरोध गरेका छन् । संविधानविदले प्रधानमन्त्री केपी शर्मा ओलीलको कदमलाई संविधानमाथिको कू भनेका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.