प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने प्रष्ट पार्नु भएको छ । उहाँले पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही पनि नहुने बताउनु भएको हो ।
बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरुले पार्टी फुटाउँन नचाहेको बताउनु भएको हो ।
बैठकलाई समेधन गर्दै प्रधानमंत्री ओलीले पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने घोषणा गर्नु भएको एक केन्द्रीय सदस्यले जानकारी दिनु भयो ।
ओलीले आफूहरुले पार्टी नफूटाउने र फूटाउने चाहना पनि नरहेको बताउनु भएको थियो । उहाँले कसैलाई कारवाही नगर्ने समेत बताउनु भएको ति सदस्यले जानकारी दिनु भयो ।
बैठकमा अोलीले १९७ सदस्यपछि थप्ने गरी ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गर्नु भएको छ।
बैठकमा स्वागत मन्तव्य व्यक्त गर्दै स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले विधि र विचारमा केन्द्रित हुँदै सरकारका कामलाई पार्टीमार्फत् जनतामा लैजान र घेराबन्दीको चक्रब्यूहबाट सरकार नेतृत्वलाई जोगाउन आह्वान गरेका छ्न् ।
तपाईको प्रतिक्रिया