नेकपाको बालुवाटारमा भएको केन्द्रीय समितिको बैठकले पर्सा नेताहरुलाई पनि केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । नेकपामा केन्द्रीय सदस्यको रुपमा प्रतिनिधित्व गर्ने निर्मला देवकोटा केपी.ओलीले नेतृत्व गरेको कमिटीमा हुनुहुन्छ ।
त्यस्तै उर्मिला अर्याल, नागेन्द्र चौधरी र रामचन्द्र साह प्रचण्ड नेपाल समुहमा रहनु भएको छ ।
बालुवाटारमा भएको बैठकले नेकपाका पर्सा अध्यक्ष प्रभू हजरालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।
त्यसैगरि संविधान सभाका सदस्य प्रदुम्न चौहान, राजकुमार गुप्ता , जयप्रकाश थारु , डा. बिश्वम्भर शर्मा बसरुदिन अन्सारी र बिना शर्मालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टीका जिल्ला अध्यक्ष प्रभू हजराले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया